बन्द भयो फेसबुक, अरु २५ वटा सामाजिक सञ्जालहरु पनि बन्द हुँदै

काठमाडौँ- सामाजिक सञ्जाल प्लाटफर्म फेसबुक बन्द नेपालमा बन्द भएको छ । फेसबुक बाहेक अरु २५ वटा सामाजिक सञ्जाल प्लाटफर्महरु पनि क्रमश: बन्द हुँदै छन ।
नेपालमा सूचिकृत हुन गरेको सरकारी आग्रहलाई नटेरेपछि सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो ।
आजै पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेर बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो ।
मन्त्रालयको निर्देशन लगत्तै प्राधिकरणले सूचिकरण हुन नआएका २६ वटा सामाजिक सञ्जाल प्लाटफर्महरुलाई निष्कृय गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई पत्राचार गरेको थियो । त्यस लगत्तै फेसबुक बन्द भएको छ ।
यता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बी सुब्बा गुरुङले करिब २६ वटा सामाजिक सञ्जाल सूचीकृत हुन आउनुपर्ने र सूचीकृत गर्नका लागि कुनै पनि खर्च नलाग्ने बताउनुभएको छ ।।
अरु दर्ता हुन नआएका सामाजिक सञ्जालहरु पनि बन्द हुने मन्त्री गुरुङले जानकारी दिनुभएको छ ।
यसअघि, सर्वोच्च अदालतले प्रधानन्यायाधीशसहितको बृहत पूर्ण इजलासले अदालतको अवहेनासम्बन्धी मुद्दामा २०८० वैशाख १२ मा स्वदेशी तथा विदेशी उत्पतिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरुलाई सञ्चालन पूर्व अनिवार्य सम्बन्धित निकायमा सूचीकरण गर्न नेपाल सरकारको नाममा आदेश दिएको थियो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ४, सोमबार २०:१६आईसीसी क्रिकेट विश्वकप लिग २ – अंकतालिकाको पाँचौं स्थानमा उक्लियो नेपाल
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ४, सोमबार १६:२६चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी विजयी
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ४, सोमबार १६:१६विकास मानन्धरको गीत ‘पिरती’ सार्वजनिक
समाचार२०८३ जेष्ठ ४, सोमबार १३:१७घान्द्रुकमा फोहोरमैला सङ्कलन केन्द्र उद्घाटन; दिगो पर्यटनका लागि वातावरण संरक्षणमा जोड









