पत्रकारिता समाजको ऐना हो : मन्त्री अधिकारी

धादिङबेशी । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शिवराज अधिकारीले पत्रकारिता जगत समाजको ऐना भएको बताउनु भएको छ । शनिबार नेपाल पत्रकार महासंघ धादिङ शाखाको आयोजनमा भएको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्रि अधिकारीले सो कुरा बताउनु भएको हो । समाजमा भएका गतिबिधिहरु र आफुले गरेका कार्यहरुमा ऐनाले जस्तै पत्रकारहरुले पनि छर्लङ्ग देखाईदिने भन्दै पत्रकार राज्यलाई नभई नहुने अंङ्ग रहेको बताउनु भयो ।
उहाँले ऐनामा अनुहार देखिए जस्तै आफुले गरेका कार्यहरु पत्रकार मार्फत देखिने हुँदा पत्रकारिता जंगत संग आफु सदैव हातेमालो गरेर अगाडी बढ्ने बताउनु भयो । सम्मान कार्यक्रमको सम्बोधनकै क्रममा मन्त्रि अधिकारीले पत्रकारहरु निडर,निरन्तर र ईमान्दारीताका साथ आफ्नो जिम्मेवारीमा लाग्न आग्रह गर्नुभयो । मन्त्रि अधिकारीले आफु जुन पेशामा लागेको छ त्यहि पेशामा दत्तचित्त भएर टिक्नुपर्ने धारण समेत राख्नु भएको छ । मन्त्रि अधिकारीले सो समारोहमा पत्रकार महासंघ धादिङका संस्थापक अध्यक्ष सिताराम प्रसाद बर्माको शालिकमा माल्यार्पण समेत गर्नुभएको थियो ।
मन्त्रि अधिकारीको स्वागत तथा सम्मान समारोहमा प्रेस सेन्टरका धादिङका अध्यक्ष निर बहादुर तामाङ,प्रेस चौतारी धादिङका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ, प्रेस युनियनका सचिव मनिष श्रेष्ठ लगाएत पत्रकार महासंघका पदाधिकारी तथा बिभिन्न संचार माध्यामका संचालक तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र ३०, सोमबार ११:५४गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
कला, विचार/मनोरञ्जन२०८२ चैत्र ३०, सोमबार १०:२१‘मितज्यू’ को टिजर सार्वजनिक | Celebrity Nepal
समाचार२०८२ चैत्र ३०, सोमबार ०७:२८धदिङमा १ अर्ब ५० करोडको फ्रेन्च फ्राइ उद्योगले लेख्दै छ,नयाँ आर्थिक इतिहास
समाचार२०८२ चैत्र २९, आईतवार २०:४२प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक,कसको सम्पत्ति कति ?









