एल.पि. ग्यास विक्रेता संघ कास्कीको २१ औं साधारण सभा

पोखरा। एल.पि. ग्यास विक्रेता संघ कास्कीको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
कार्यक्रममा एल. पी. ग्यास विक्रेता महासंघ नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालले उपभोक्तालाई सुरक्षित र सुलभ मूल्यमा ग्यास उपलब्ध गराउनु संघको जिम्मेवारी भएको बताए । उनले कुच्चिएका वा शिल नभएका सिलिन्डर नबेच्न र पारदर्शिता कायम गर्न आग्रह गरे ।
सल्लाहकार सञ्जीव बहादुर कोइरालाले नीति–नियम पालना गर्नुपर्नेमा जोड दिए भने, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष बलराम आचार्यले व्यवसाय संवेदनशील भएकाले सचेतनामूलक तालिम नियमित गर्न सुझाव दिए । संस्थापक अध्यक्ष बालकृष्ण कोइरालाले नगद कारोबारलाई प्राथमिकता दिन आग्रह गरे ।
संघा अध्यक्ष नारायणदत्त दाहालले बढ्दो विद्युत चुलो प्रयोगका कारण ग्यास बिक्री घट्दै गएको उल्लेख गर्दै नयाँ डिलर खोल्न नहुने बताए । उनले खुद्रा व्यापार नगरी न्यूनतम ५० सिलिन्डरसम्म बिक्री बढाउन आग्रह गरे ।
गृहलक्ष्मी ग्यासका प्रबन्धक भिमराज लामिछाने र शक्ति ग्यासका मेघराज पौडेलले सहकार्य र स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको धारणा राखे । कार्यक्रममा अन्य पदाधिकारीहरुले पनि आफ्ना विचार राखेका थिए ।
साधारण सभामा संघका सचिव हरि कृष्ण अधिकारी र कोषाध्यक्ष सुरज मान गुरुङले क्रमशः वार्षिक प्रतिवेदन पेश गरेका थिए।
सचिव अधिकारीले संघको २०६१ सालदेखि सुरु भएको औपचारिक गतिविधि र पछिल्लो कार्यकालका बैठक निर्णयहरू प्रस्तुत गर्दै कास्की जिल्लामा एल.पि. ग्यास व्यवसाय व्यवस्थित गर्न निरन्तर प्रयास भइरहेको बताए। उनका अनुसार हाल कास्कीमा १८ वटा कम्पनीमार्फत मासिक करिब १ लाख सिलिण्डर ग्यास खपत भइरहेको छ।
उनले एल.पि. ग्यास व्यवसायमा विभिन्न चुनौतीहरू रहेको उल्लेख गर्दै समस्या समाधानका लागि संघ एकताबद्ध भएर अघि बढिरहेको जानकारी गराए। अधिकारीले आर्थिक मन्दीका कारण विक्रेताहरूलाई सहज बनाउन २०८१/८२ आर्थिक वर्षदेखि वार्षिक लेवी रु. ३,००० संकलन गर्ने निर्णय गरिएको बताए। यसैगरी, होमस्टे भ्रमण, सदस्य समस्या पहिचान, पदाधिकारी परिवर्तनलगायत गतिविधिहरू गरिएको प्रतिवेदनमा उल्लेख छ।
कोषाध्यक्ष सुरज मान गुरुङले आफ्नो आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संघमा हाल ४० जना विक्रेताहरू आवद्ध रहेको जानकारी गराए। उनका अनुसार २०८१/८२ मा संघको कुल आम्दानी रु. १,६४,५०० भएको र कुल खर्च रु. ९२,१२० गरी बाँकी नगद रु. ७२,३८० रहेको छ। यसबाहेक एनएमबी बैंकमा रु. ४०,५५९.११ जम्मा रहेको समेत प्रतिवेदनमा उल्लेख छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19460, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २९, आईतवार १९:०५२१ औं फेवा नववर्ष महोत्सव सुरु
समाचार२०८२ चैत्र २९, आईतवार ०७:५७आलु महोत्सवमा बढ्दो सहभागिता
समाचार२०८२ चैत्र २८, शनिबार २०:३२पोखरामा युवती हत्या प्रकरण: दोषीलाई कडा सजायको माग, प्रशासन भन्छ-‘कानुनी कारबाहीमा कुनै कसर बाँकी रहँदैन’
समाचार२०८२ चैत्र २८, शनिबार २०:२४विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको सलाइन उत्पादन सुरु, एलेक्सा लाइफ साइन्सेजकाे आयात प्रतिस्थापन गर्ने लक्ष्य








