विधान महाधिवेशन सम्पन्न,सबै प्रतिवेदन सर्वसम्मत पारित

ललितपुर -नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनमा प्रस्तुत अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गर्दै सम्मपन्न भएको छ ।
अधिवेशनको अन्तिम दिन आज पार्टी अध्यक्ष ओलीले प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिएपछि अधिवेशनमा प्रस्तुत प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको हो ।
विधान महाधिवेशनबाट एमालेको यसअघिको विधानका केही व्यवस्थालाई संशोधन भएका छन् । जसमा मुख्य गरी यसअघिको ७० बर्षे उमेहद् र दुई पटको कार्यकालको ब्यवस्था हटाइएको छ । ।
यसै गरी महाधिवेशनले पारित एमाले विधानमा अवको राष्ट्रिय महाधिवेशनलपछि पार्टी केन्द्रीय किमिटी २ सय ५१ सदस्यीय हुनेछ ।
विधान संशोधनमार्फत एमालेले ३ सय १ सदस्यीय कमिटीलाई घटाएर १५ पदाधिकारीसहित २ सय ५१ कायम गरेको हो । त्यस्तै १९ सदस्यीय पदाधिकारीलाई १५ जनामा खुम्चाइएको छ ।
यस्तै अब पार्टीमा अब वरिष्ठ उपाध्यक्ष पद रहने छैन । ६ उपाध्यक्षको संख्यालाई घटाएर ३ मा झारिएको छ । जसअनुसार अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३, सचिव ७ सहित १५ जना पदाधिकारी रहनेछन् । एमालेले पदाधिकारीमा महिला एक जना अनिवार्य गरेको छ ।
यसै गरी ४५ सदस्यीय स्थायी कमिटीलाई घटाएर पार्टीका १५ जना पदाधिकारीलाई मात्र स्थायी कमिटीका रूपमा राख्ने प्रस्ताव पारित भएको छ । यस्तै पोलिटब्युरो संख्या घटाइएको छ ।
त्यसैगरी एमालेले आफ्नो झण्डामा अंकित हसिया अत्यौडा सेतो रंग प्रयोग हुँदै आएकोमा सुनौलो कलरको हँसिया हथौडा रहने गरी संशोधनको निर्णय विधानअधिवेशनबाट गरिएको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र ३०, सोमबार ११:५४गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
कला, विचार/मनोरञ्जन२०८२ चैत्र ३०, सोमबार १०:२१‘मितज्यू’ को टिजर सार्वजनिक | Celebrity Nepal
समाचार२०८२ चैत्र ३०, सोमबार ०७:२८धदिङमा १ अर्ब ५० करोडको फ्रेन्च फ्राइ उद्योगले लेख्दै छ,नयाँ आर्थिक इतिहास
समाचार२०८२ चैत्र २९, आईतवार २०:४२प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक,कसको सम्पत्ति कति ?







