सदस्य–सचिवलाई स्वागत

काठमाडौँ ।
प्रेस काउन्सिल नेपालका सदस्य–सचिव उदयबहादुर रानामगरलाई आज काउन्सिलमा स्वागत गरिएको छ । उहाँलाई सदस्यहरू कुमारी निमा काफ्ले, पदम राज जोशी, बालकृष्ण अधिकारी, भीमलाल श्रेष्ठ, नकुल अर्याल, शन्तराम बिडारी, मुख्य अधिकृत झबिन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल, उपप्रशासकीय अधिकृत प्रेस काउन्सिल कर्मचारी सङ्घका अध्यक्ष रहमतुल्ला मियाँले स्वागत गर्नुभएको थियो ।
स्वागतका क्रममा सदस्य पदमराज जोशीले काउन्सिलले निकै अनुभवी सदस्य–सचिव पाएकाले काउन्सिलको गरिमा अझ उच्च हुने विश्वास व्यक्त गर्नुभयो । सदस्य–सचिव उदयबहादुर रानामगरले पत्रकारिता र आमसञ्चार विषय आफ्नो लागि नयाँ भएकाले सदस्यज्यूबाट नै सिक्दै अगाडि बढ्ने बताउनुभयो । सामूहिकरुपमा छलफल गरेर अगाडी बढ्ने बताउँदै वार्षिकोत्सवलाई घनीभूत रुपमा सम्पन्न गर्न सबैजना तयारीमा लाग्नुपर्ने बताउनुभयो ।
मुख्य अधिकृत झबिन्द्र भुसालले सहजीकरण गर्नुभएको कार्यक्रममा वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले काउन्सिलको स्थापना, संरचना, काम–कारबाहीका बारेमा सङ्क्षिप्त जानकारी गराउनुभएको थियो । कार्यक्रममा सदस्यहरूसहित, निवर्तमान सदस्य–सचिव मिनकुमार शर्मा, काउन्सिलका कर्मचारीको उपस्थिति रहेको थियो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2025/09/07/10060/, www.presscouncilnepal.gov.np
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ३, आईतवार ०८:३५मदन–आश्रितको विचारले जनताको पक्षमा उभिन प्रेरित गरिरहेको छ : ओली
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०७:००२ लाख ८७ हजार नगदसहित जुवातास खेल्ने–खेलाउने ८ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०६:३०ट्रम्पले भने- दुवैको जित, सीले भने- दुवैको हित
समाचार२०८३ बैशाख ३१, बिहीबार २१:५२दीननाथ बराललाई उत्कृष्ट खेल पत्रकार अवार्ड









