चलचित्र ‘अभिमन्यु’ तोकिएको मितिमा रिलिज नहुने

चलचित्र ‘अभिमन्यु’ तोकिएको मितिमा रिलिज नहुने

काठमाडौँ। यही भदौ २७ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘अभिमन्यु’ तोकिएको मितिमा रिलिज नहुने भएको छ । जेनजी पुस्ताको आन्दोलनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै चलचित्रको प्रदर्शन स्थगन गरिएको हो । निर्माता कम्पनी सेभेन सिज सिनेमाका अध्यक्ष विनोद पौडेलले विज्ञप्ति जारी गर्दै चलचित्रको नयाँ प्रदर्शन मिति चाँडै घोषणा गरिने जानकारी दिए ।

आन्दोलनमा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै विज्ञप्तिमा भनिएको छ, ‘यस दुखद घडीमा फिल्म सार्वजनिक गर्नु नैतिक र भावनात्मक दृष्टिले उचित नहुने ठानेर हाम्रो आगामी फिल्म ‘अभिमन्यु’लाई पूर्वनिधारित मिति भदौ २७ गते प्रदर्शनमा ल्याउन नसक्ने निर्णय गरेका छौं । नयाँ प्रदर्शन मिति चाँडै तय गरी सार्वजनिक गरिनेछ ।’

नेपाली र हिन्दी भाषामा तयार भएको ‘अभिमन्यु’मा कामेश्वर चौरासिया, किरण श्रेष्ठ, शिशिर वाङ्देल, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, प्रकाश दाहाल लगायतले अभिनय गरेका छन् । सुशान्त गौतमको निर्देशनमा बनेको सस्पेन्स थ्रिलर ‘अभिमन्यु’मा मुकेश खनालको लेखन, मदन थापाको क्रिएटिभ निर्देशन तथा शरद महतोको छायांकन रहेको छ । विनोद पौडेलले गुञ्जन गिरीसँगको सहकार्यमा निर्माण गरेको यो फिल्ममा रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्मातामा छन् । विनोद र रमेश कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता हुन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  ‘मितज्यू’मा सौगात र दयाहाङको टकराव

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   2   =