धादिङ उद्योग वाणिज्य संघद्वारा शान्ति र सुरक्षाप्रति ध्यान दिन आग्रह

धादिङबेशी । देशमा उत्पन्न राजनीतिक, सामाजिक तथा सुरक्षा सम्बन्धी असामान्य अवस्थाप्रति ध्यानाकर्षण गराउँदै धादिङ उद्योग वाणिज्य संघ धादिङले सरकार तथा सरोकारवालालाई व्यावसायिक वातावरण सुरक्षित राख्न आग्रह गरेको छ।
संघले बिहिबार जारी गरेको अपिलमा हाल राजधानीलगायत विभिन्न स्थानमा भएको आन्दोलन, तोडफोड, लुटपाटजस्ता घटनाले उद्योग, व्यवसाय मात्र नभई सर्वसाधारणको जीवनयापनमा समेत असुरक्षित र त्रास भएको उल्लेख गरिएको छ।
संघका महासचिव तिलक सिंखडा र अध्यक्ष रामकुमार डल्लाकोटीले हस्ताक्षर गरेको अपिलमा व्यावसायिक सुरक्षाको ग्यारेन्टी बिना देशको आर्थिक भविष्य सम्भव छैन भन्दै शान्तिपूर्ण समाधानका लागि सबैलाई संयमता र संवादतर्फ अघि बढ्न अनुरोध गरिएको छ।
संघले व्यवसायीहरूमा थप पीडा नपरोस् भनी निरन्तर सुरक्षा निकायसँग संवाद भइरहेको स्पष्ट गर्दै व्यावसायिक गतिविधिमा विचलन नआओस् भन्ने सन्देश पनि दिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन २१, बिहीबार १७:०१मतदानको समय सकियो,मतदान केन्द्र भित्र प्रवेश गरेका मतदाताले भने अबेरसम्म मतदान गर्न पाउने
समाचार२०८२ फाल्गुन २१, बिहीबार ०८:४९कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र आयुक्तद्वयद्वारा मतदान
समाचार२०८२ फाल्गुन २०, बुधबार २०:०१निर्वाचनको तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी
स्वास्थ्य/जानकारी टिप्स२०८२ फाल्गुन २०, बुधबार १०:२६बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण








