धादिङबेशीमा शुक्रबार बिहान ६ बजे सम्म कर्फ्यू

धादिङबेशी । जिल्ला प्रशासन कार्यालय धादिङले हिजो बुधबार बेलुका ५ बजेदेखि लागू गरिएको कफ्र्युको समय थप गरेकोे छ । बिहिबार बेलुका ५ बजे देखि ७ बजे सम्म कफ्र्यु हटाएपनि अहिले बेलुका ७ बजे देखि भोली शुक्रबार बिहान ६ बजे सम्म पुनः कफ्र्यु लगाईएको छ ।
धादिङमा बिस्तारै शान्ति सुरक्षाको अवस्था सामान्यकरण तर्फ उन्मुख भएको भन्दै बेलुका ५ बजे देखि ७ बजे सम्म कफ्र्यु हटाई निशेधाज्ञा मात्रै जारी गरिएको थियो । अहिले बेलुका ७ बजे देखि धादिङबेसी बजार क्षेत्रको पश्चिममा धादिङबेसी–सल्यानटार सडक, पूर्वमा ईजारा चौतारा, उत्तरमा थोपलखोला र दक्षिणमा अरुङ खोला सम्मको क्षेत्रमा कफ्र्यु लागु हुने जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी दिएको छ ।
कफ्र्यु अवधिमा कसैले आवत जावत गर्न, सभा, जुलुस, प्रदर्शन, बैठक, जुलुसजस्ता गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ । त्यस्तै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कन परेमा सुरक्षा कर्मी संग समन्वय गरेर मात्र हिडडुल गर्न प्रशासनले आग्रह गरेको छ । प्रशासनले कफ्र्यु उल्लंघन गर्नेहरूमाथि कानूनी कारबाही हुने चेतावनी पनि दिएको छ ।
यद्यपि, अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, पत्रकार, पर्यटक सवारी साधन, मानव अधिकारकर्मी तथा कूटनीतिक नियोगका सवारी साधनलाई भने अनुमति पत्र र परिचयपत्रको आधारमा आवतजावत गर्न दिने व्यवस्था गरिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ पुष १४, सोमबार १५:४४नेपाली परिवेशमा आधारित सिट्कम सिरिज ‘लट्ठक’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८२ पुष १४, सोमबार ११:०२आ बाट आमा’को शीर्ष गीतको कभर सङ र अभिनय गर्नुहोस् ५० हजार जित्नुहोस्
समाचार२०८२ पुष १३, आईतवार २१:३७बिचौलिया र गलत पात्रलाई शासनबाट टाढा राखे मात्रै समाज सुध्रिन्छ : मन्त्री शिवराज अधिकारी
समाचार२०८२ पुष १३, आईतवार २०:३२जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह







