होटल क्षेत्रमा मात्र तीन अर्ब रुपैयाँ क्षति

पोखरा । हालै भएको जेन–जी आन्दोलनपछिका हिंसात्मक घटनाको क्रममा पोखराका होटल तथा रिसोर्ट लगायतका क्षेत्रमा भएको आक्रमणको क्रममा तीन अर्ब रुपैयाँ बढीको सम्पत्ती नोक्सानी भएको प्रारम्भिक आँकडा सार्वजनिक गरिएको छ ।
होटल संघ पोखरा नेपालका तर्फबाट अध्यक्ष लक्ष्मण सुवेदीले शुक्रबार जारी गरेको विज्ञप्तिमा आक्रमणको क्रममा तोडफोड तथा आगजनी हुँदा सो परिमाण बराबरको क्षति भएको उल्लेख गरिएको हो । विज्ञप्तिमा भनिएको छ, यस प्रकार पर्यटकीय प्रतिष्ठान माथि भएका घटनाको निष्पक्ष छानविन गरी उचित क्षतिपूर्ति दिलाउन सरकार लगायत इन्सुरेन्स कम्पनी र सम्वन्धित सरोकारवाला पक्षसँग संघ हार्दिक अपिल गर्न चाहन्छ ।
यसका लागि शक्तिशाली अधिकार प्राप्त न्यायिक समिति गठन र आक्रमणकारीको पहिचान गरी कारबाही सहित उचित क्षतिपूर्ति दिलाई प्रभावित होटलहरूको मर्मत–संभार तथा पुनर्निर्माणका लागि सरकार, इन्स्योरेन्स, बैंक तथा वित्तीय संस्थाहरुसँग समन्वय गर्ने कार्यमा सदैव साथ र सहयोग रहने विश्वास समेत संघले दिलाएको छ ।
पोखराको लेकसाइड क्षेत्रमा खासगरी होटल सरोवर प्रा. लि., होटल एड्म, होटल पोखरा गुडविल प्रा.लि., वर पिपल रिसोर्ट प्रा.लि, बगैंचा रिसोर्ट एण्ड स्पाः प्रा.लि लगायत अन्य प्रतिष्ठानहरुमा गरिएको आगजनीका कारण प्रतिष्ठानबाट सेवा लिंदै गरेका पर्यटक समेत प्रभावित हुन पुगेको संघले जनाएको छ ।
पर्यटकीय सिजन सुरु हुनै लाग्दा भएको यस प्रकारको दुःखद घटनाबाट पर्यटन क्षेत्रमा प्रत्यक्ष रुपमा नकारात्मक प्रभाव पर्ने संघको ठहर छ । यसका कारण बैंक तथा वित्तीय संस्थामा रहेको कर्जा, ऋण तिर्न पनि व्यवसायीहरु असमर्थ हुने अवस्था आएको जनाउँदै संघले व्यवसायीक सुरक्षा कायम राख्न नेपाल सरकार सँग जोडदार माग गरेको छ ।
आक्रमणका घटनाप्रति दुःख व्यक्त गर्दै संघले पीडित व्यवसायीप्रति सहानुभूति प्रकट समेत गरेको छ । शान्तिपूर्ण भनिएको आन्दोलनको क्रममा जुनसुकै पक्षबाट भए पनि पर्यटकीय प्रतिष्ठानहरुमाथि गरिएको आगजनी र तोडफोडका घटना भत्र्सनायोग्य रहेको संघले जनाएको छ। आगजनी र तोडफोडका कारण अरबौंको क्षती हुनुका साथै हजारौं कामदार समेत प्रत्यक्ष प्रभावित भएकोमा संघले चिन्ता प्रकट गरेको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19568, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र ९, सोमबार ००:००पूर्वी नेपालमा जाउँ है पोखरा अभियान
समाचार२०८२ चैत्र ८, आईतवार २३:५५पोखरामा जुवातास खेल्दै गरेका ११ जना तीन लाख ४६ हजार रूपैयाँसहित पक्राउ
समाचार२०८२ चैत्र ८, आईतवार ०३:३१पोखरामा २१औँ खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप–सम्पन्न:भारतका अक्षय र चीनका झाउ च्याम्पियन, महिलातर्फ कोङ सियाङ यान उत्कृष्ट
समाचार२०८२ चैत्र ८, आईतवार ०३:२५१२ चैतमा सांसदको,१३ चैतमा प्रधानमन्त्रीको शपथ






