सुशीला कार्की : पहिलो महिला प्रधानन्यायाधीशदेखि पहिलो महिला प्रधानमन्त्रीसम्म

सुशीला कार्की : पहिलो महिला प्रधानन्यायाधीशदेखि पहिलो महिला प्रधानमन्त्रीसम्म

काठमाडौं । नेपालको न्यायिक इतिहासमा साहसी, निष्पक्ष र इमानदार छविका रूपमा चिनिने सुशीला कार्की अब नेपालकी पहिलाे महिला प्रधानमन्त्री भएर ईतिहास रचेकी छन् ।

प्रधानन्याधीशबाट अवकाशको करिब आठ वर्षपछि कार्यपालिकाको नेतृत्व गर्ने पहिलो महिला सरकार प्रमुखको सपथ ग्रहणसँगै इतिहास पनि रचेकी हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरी सपथ गराएका हुन् ।

नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन भएका थिए ।

तर, युवा (जेन–जी) आन्दोलनका बलमा प्रधानमन्त्री बनेकी कार्कीले संविधानको धारा–६१ अनुसारको नियुक्तिपत्र पाएकी हुन् ।

नेपालको संविधानको धारा–६१ मा राष्ट्रपति सम्बन्धी व्यवस्था छ, जसमा प्रधानमन्त्रीको पद, अधिकार र नियुक्तिको कुनै प्रसंग उल्लेख छैन ।

संविधानको धारा ६१ (१ र २)मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने व्यवस्थाका साथै राष्ट्रपतिले संविधान र संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्ने व्यवस्था छ ।

देशको पहिलो महिला नेतृत्वको रुपमा बागडोर सम्हाल्न पुगेकी सुशीला कार्की काे हुन् ?

भोजपुरमा जन्मनु भएकी कार्कीले भारतको बनारस हिन्दू विश्वविद्यालय (BHU) बाट राजनीतिक विज्ञानमा स्नातकोत्तर गरेकी थिइन् ।

कानुन अध्ययनपछि केही समय शिक्षण पेशामा रहेकी उनी २०४९ सालमा सर्वोच्च अदालतकी न्यायाधीश बनिन् । करिब दुई दशक लामो सेवापछि २०७३ साल वैशाख ११ गते उनी नेपालकी पहिलो महिला प्रधानन्यायाधीश बनेकी थिइन् ।

प्रधानन्यायाधीशको छोटो करिअर (करिब १० महिना) भए पनि उनले भ्रष्टाचार, सुशासन र मानवअधिकारका मुद्दामा ऐतिहासिक फैसला गरिन् ।

अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको साहसी फैसला, द्वन्द्वकालका बेपत्ता र पीडितका मुद्दामा आदेश, मन्त्रालय र सार्वजनिक पदाधिकारीलाई जवाफदेही बनाउने निर्णयले उनलाई “कडा र निष्पक्ष न्यायाधीश”को रूपमा स्थापित गर्‍यो ।

महिला सशक्तीकरणको प्रतीक बनेकी कार्की अब नेपालको इतिहासमै पहिलो महिला प्रधानमन्त्रीका रूपमा प्रवेश गर्न लागेकी छिन् ।

उनकाे यो यात्रा केवल न्यायालयको पाना मात्र नभई नेपालको राजनीतिक र सामाजिक संरचनामा पनि ऐतिहासिक मोडका रूपमा दर्ज हुनेछ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19570, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   2   =  

Protected by Spam Master