प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदबहाली

काठमाडौँ, २९ भदौ ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गर्नुभएको छ । यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकी उहाँले गृहमन्त्रालयका लागि नयाँ निर्माण गरिएको भवनमा पदबहाली गर्नुभएको हो ।
सो अवसरमा सरकारका मुख्यसचिव एकनारायण अर्याल, सचिवहरू, सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो । पदबहालीपछि प्रधानमन्त्री कार्कीले मुख्यसचिवसहित सचिवहरूसँग मन्त्रालयको कार्यविवरणका सम्बन्धमा जानकारी लिनुभएको थियो ।
यही भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र ३०, सोमबार १०:२१‘मितज्यू’ को टिजर सार्वजनिक | Celebrity Nepal
समाचार२०८२ चैत्र २९, आईतवार २०:४२प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक,कसको सम्पत्ति कति ?
समाचार२०८२ चैत्र २९, आईतवार १९:१४२ वर्ष सरकारलाई विश्वास गर्नुहोस्, देशमा सुशासन र समृद्धिको लय सुरु भइसक्यो: सभामुख अर्याल
खेलकुद२०८२ चैत्र २९, आईतवार १५:३७दक्षिणकालीमा भिरबाट कार खस्दा एक जनाको ज्यान गयो







