मुरली भञ्ज्याङमा स्करपियो र मोटरसाइकल ठोक्किँदा दुई घाइते

धादिङ, भदौ २९ ।
धादिङको नीलकण्ठ नगरपालिका–८ मुरली भञ्ज्याङमा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
धादिङबेसीबाट सल्यानटारतर्फ जाँदै गरेको BAC ४०६३ नम्बरको स्करपियो र विपरीत दिशाबाट आउँदै गरेको बा ३२ प ८००८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।
घाइते हुनेमा नीलकण्ठ–९ निगालपानीका ३९ वर्षीय राकेश खाती (मोटरसाइकल चालक) रहेका छन् । खातीकोे छातीमा गम्भीर चोट लागेको छ। त्यस्तै सोही मोटरसाइकलमा सवार ३५ वर्षीय कुमार बरायली घाइते भएका छन्। उनको अनुहार र दुवै खुट्टामा चोट लागेका छ । बराइलीको अवस्था मध्यम रहेको प्रहरी नायव उपरीक्षक हमालले जानकारी दिनुभयो ।
दुर्घटनामा परि घाइते भएका दुबै जनाको धादिङ अस्पतालमा उपचार भई रहेको छ ।
दुर्घटनामा संलग्न स्कारपियो चालक, काठमाडौं मुलपानीका ४८ वर्षीय राजेन्द्र फुयाललाई जिल्ला प्रहरी कार्यालय धादिङले नियन्त्रणमा लिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र ३०, सोमबार १०:२१‘मितज्यू’ को टिजर सार्वजनिक | Celebrity Nepal
समाचार२०८२ चैत्र २९, आईतवार २०:४२प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक,कसको सम्पत्ति कति ?
समाचार२०८२ चैत्र २९, आईतवार १९:१४२ वर्ष सरकारलाई विश्वास गर्नुहोस्, देशमा सुशासन र समृद्धिको लय सुरु भइसक्यो: सभामुख अर्याल
खेलकुद२०८२ चैत्र २९, आईतवार १५:३७दक्षिणकालीमा भिरबाट कार खस्दा एक जनाको ज्यान गयो







