ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु प्रमुख एजेन्डाः ऊर्जामन्त्री घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जेनजीको नेतृत्वमा भएको ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु नै प्रमुख राष्ट्रिय एजेन्डा भएको बताउनुभएको छ । आज सिंहदरबारमा ऊर्जा मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै उहाँले सार्वजनिक संरचनामा पुगेको क्षति यकिन गरी पुनःनिर्माणलाई तत्काल अघि बढाउने बताउनुभयो । उहाँले पुनःनिर्माणका लागि सरकारी कोष खडा गर्ने जानकारी दिँदै देशभित्र र बाहिर रहेका सबै नेपालीलाई सहयोग गर्न आग्रह गर्नुभयो । त्यसैगरी चालु अवस्थाका ठूला आयोजनालाई तीव्रता दिइने जानकारी दिँदै मन्त्री घिसिङले रणनीतिक महत्व र रुपान्तरणकारी केही ठूला आयोजनाहरु तत्काल अघि बढाउने बताउनुभयो । उहाँले भ्रष्टाचार न्यूनीकरण र सुशासनमा सरकारको प्राथमिकता रहने उल्लेख गर्नुभयो । “आफ्नो जिम्मेवारी इमान्दारितापूर्वक पूरा गर्न नसक्नेलाई तुरुन्त जिम्मेवारीबाट हटाइनेछ । असल नियत राखी ढुक्क भएर काम गर्नुहोस् । देशको अवस्था हेरेर अहिले १८ घण्टा खटिएर काम गर्नुहोस्”, मन्त्री घिसिङले भन्नुभयो । उहाँले आफूले प्राप्त गर्ने तलब भत्ता र सुविधाहरु जेनजी प्रदर्शनका क्रममा मृत्युवरण गरेका सहिदहरुका परिवारलाई उपलब्ध गराउने बताउनुभएको छ । आफना सुरक्षाका हिसाबले आवश्यक सुरक्षाकर्मी मात्र लिने उहाँले बताउनुभयो ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र ३०, सोमबार २०:३४पर्यटन पुनःउत्थान गर्न सरकार र निजी क्षेत्र एकसाथ
समाचार२०८२ भाद्र ३०, सोमबार १८:१६ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु प्रमुख एजेन्डाः ऊर्जामन्त्री घिसिङ
कला, विचार/मनोरञ्जन२०८२ भाद्र ३०, सोमबार १३:३९हल सञ्चालनमा आएसँगै ‘कोशेढुङ्गा’को प्रदर्शन निरन्तर
कला, विचार/मनोरञ्जन२०८२ भाद्र ३०, सोमबार १३:३४चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ फूलपातीमा