मौन शान्ति ¥यालीको आयोजना गर्दै पोखरा उद्योग वाणिज्य संघ

मौन शान्ति ¥यालीको आयोजना गर्दै पोखरा उद्योग वाणिज्य संघ

पोखरा। पोखरा उद्योग वाणिज्य संघले मुलुकको दिगो शान्तिको कामना एवं व्यावसायिक सुरक्षाको प्रत्याभूतिका निम्ति पोखरामा बृहत शान्ति ¥यालीको आयोजना गर्ने भएको छ ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण काकीको अध्यक्षतामा आइतबार बसेको बस्तुगत संघ÷संस्थाका अध्यक्ष एवं प्रतिनिधिसहितको बैठकले  यही भदौ ३१ गते मंगलबार बिहान मौन शान्ति ¥यालीको आयोजना गर्न लागेको हो ।

बिहान ७ः३० बजे संघको सचिवालय गैह्रापाटनबाट सुरु हुने मौन ¥याली जेनजी आन्दोलनको क्रममा दिवंगत भएका आत्माको चीरशान्तिको कामना,देशमा भएको अशान्तिको समूल नष्ट एवं व्यावसायिक वातावरण निर्माणका निम्ति भएको संघका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए । अध्यक्ष कार्कीका अनुसार शान्ति ¥याली मौन प्रकृतिको हुने छ ।

‘ आन्दोलनको क्रममा ठूलो जनधनको क्षति भएको छ । व्यावसायिक प्रतिष्ठानहरुमाथि भएको आक्रमणबाट अरबौं क्षति पुगेको छ । हामी पुनः उठ्नु छ तर शान्ति बिना व्यावसायिक वातावरण निर्माण हुन सक्दैन, आत्मबल बढ्दैन,शान्ति ¥याली यी दुवै कामका निम्ति हो,’अध्यक्ष कार्कीले भने ।

सुरक्षाप्रति सचेत हुन आग्रह

यसका साथै संघले उद्योग र व्यावसायिक प्रतिष्ठानमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै विषम परिस्थितिमा धैर्य नगुमाउन र  संयमित हुन उद्योगी÷व्यवसायीहरुमा आग्रह पनि गरेको छ ।

संघका महासचिव शोभा गौतमद्वारा आइतबार जारी अपिलमा आन्दोलनका नाममा भएको तोडफोड,आगजनी र लुटपाटका घटनामा संलग्नहरुको एवं कारवाहीको माग गरिएको छ भने पोखरामा भएको क्षतिको विवरण संघलाई उपलब्ध गराइदिन आग्रह पनि गरिएको छ । उद्योगी÷व्यवसायीबाट प्राप्त हुने विवरण दोषीलाई कारवाहीको दायरामा ल्याउन तथा क्षतिपूर्तिका लागि आवश्यक कानूनी प्रक्रिया अपनाउँदा उपयोग गरिने महासचिव गौतमले बताइन् ।

अपिलमा प्रधानमन्त्री सुशीला कार्कीबाट शान्ति–सुरक्षा बहालीप्रति व्यक्त चासोको सह्राना गर्दै अगाडि भनिएको छ,‘ सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीबाट व्यावसायिक प्रतिष्ठानमा भएको आक्रमणप्रति दुःख व्यक्त भएको छ । उठ्नै नसक्ने अवस्थामा पुगेका र लुटिएका व्यवसायीहरुलई माथि उठाउन सहयोग प्रदान गर्ने सम्माननीय प्रधानमन्त्रीज्यूबाट भएको घोषणाको हामी स्वागत गर्दछौँ ।’

पोखरा उद्योग वाणिज्य संघले  कारागारबाट ठूलो संख्यामा अपराधीहरु भागेको तथ्यलाई मनन गर्दै  हामी आफ्नो र व्यावसायिक प्रतिष्ठानको सुरक्षाप्रति संवेदनशील एवं सर्तक बन्न आग्रह गर्दै स्थानीय प्रशासन,टोल विकास संस्था,युवा क्लब र आमा समूहसँगको सहकार्य व्यक्ति, समुदाय र व्यवसायको सुरक्षाका निम्ति प्रभावकारी हुने स्मरण पनि गराएको छ ।

उपभोग्य सामग्रीको सहज आपूर्तिको आग्रह
संघले आम उपभोक्तालाई सहज र सुपथ मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउन व्यवसायीहरुसँग आग्रह गर्दै देखिने गरी मूल्य सूची टाँस्नुपर्ने कानूनी व्यवस्थाको स्मरण पनि गराएको छ । यस्तै जेनजी आन्दोलनको क्रममा युवाहरुको ज्यान जाँदा, व्यावसायिक प्रतिष्ठानमाथि भएको तोडफोड,लुटपाट र आगजनीबाट अरबौंको क्षतिप्रति दुःख व्यक्त गर्दै संघले यसअघि नै तय गरिएको दशैंको शुभकामना आदान– प्रदान कार्यक्रम आयोजना नगर्ने निर्णय गरेको पनि महासचिव गौतमको भनाइ छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19590, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   10   =  

Protected by Spam Master