आगजनी, तोडफोड र लुटपाटमा संलग्नमाथि कडा कारबाही गर्नुपर्छः अध्यक्ष ढकाल

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघले जेन—जी आन्दोलनका क्रममा भएका उद्योगहरुको आगजनी, लुटपाट र तोडफोडमा संलग्न तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेको छ ।
बुधवार अपरान्ह अध्यक्ष ढकालसहितको एफएनसिसिआईको टोलीले जेन जी आन्दोलनको क्रममा आगजनी र तोडफोड भइ क्षतिग्रस्त रहेको भाटभटेनी सुपरमार्केट, कान्तिपुर मिडिया, उपेन्द्र महतोको घरको अवलोकन गरेको हो ।
अवलोकनपछि सञ्चारकर्मीमाझ महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगहरुको आगजनी, लुटपाट र तोडफोडमा संलग्न तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्नुभयो ।
उहाँले मुलुकको हरेक आन्दोलनमा निजी क्षेत्रलाई गम्भिर क्षति पु¥याउने काम हुँदै आएको उल्लेख गर्दै त्यसो हुन नदिने गरी आवश्यक सुरक्षा व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । अध्यक्ष ढकालले राज्यले उद्योग, व्यवसाय संचालनका लागि आवश्यक सुरक्षालगायतका प्रबन्ध मिलाउन नसके नेपालमा बाह्य लगानी भित्र्याउन नसकिने पनि स्मरण गराउनु भयो ।
उहाँले भन्नुभयो,‘आगामी दिनमा जुन सुरक्षा दिने कुराहरु छ । सरकारको तर्फबाट र आम पब्लिकको पर्सेप्शन पनि जुन यो सेक्युरिटी दिनेकुरा छ । त्यो एकदमै इम्पोटेन्ट छ । जबसम्म सेक्युरिटीको एस्योरेन्स हुँदैन, तवसम्म लगानीको सम्भावना छैन । त्यसैले अहिले भएको आगजनी तोडफोड जुन भएको छ । यसको निष्पक्ष ढंगले छानविन गरेर जुन इन्टेनसनली यी कामहरु भएको छ । उनीहरुलाई कारबाही गर्नु पर्छ भन्ने हाम्रो निजी क्षेत्रको रहेको छ । २०४६ यताका सबै प्रकारका आन्दोलनहरुमा निजी क्षेत्रलाई टार्गेट गरेर गरिएको छ ।’
महासंघले उद्योग व्यवसाय संचालनका लागि सरकारले लगानीको लागि उचित वातावरण बनाउन नसकेको गुनासो पनि गर्दै आएको छ । निजी क्षेत्र अब अझै उच्च मनोबलका साथ अघि बढ्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ आश्विन १, बुधबार २०:२६आगजनी, तोडफोड र लुटपाटमा संलग्नमाथि कडा कारबाही गर्नुपर्छः अध्यक्ष ढकाल
समाचार२०८२ आश्विन १, बुधबार १३:०६पृथ्वीराजमार्ग अन्तरगत थाक्रेमा बस र टिपर ठोक्किँदा पाँच जना घाइते
समाचार२०८२ आश्विन १, बुधबार १२:४३आज वास्तु दिवस एवं विश्वकर्मा पूजा गरिँदै
समाचार२०८२ आश्विन १, बुधबार ०९:२४सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै