दक्षिण सुडानमा भ्रष्टाचार संस्थागत भएको प्रति राष्ट्रसंघको चिन्ता

दक्षिण सुडान स्वतन्त्र भएपछि त्याहाँ भ्रष्टाचार संस्थागत भएको राष्ट्रसंघले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।देश स्वतन्त्र भएपछि तेलबाट कमाएको २५ दशमलव २ अर्ब अमेरिकी डलरमध्ये अर्बौं डलर सत्ताधारीहरुले अपचलन गरेको खुलासा भएको छ ।
दुरुपयोग भएका रकम मध्ये अधिकांस रकम व्यक्तिगत लाभ र राजनीतिक सञ्जालमा दुरूपयोग भएको राष्ट्रसंघले उल्लेख गरेको छ । स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा खर्च हुनु पर्ने रकम दुरुपयोग भएको राष्ट्रसंघले जनाएको छ।
सन् २०२१ देखि २०२४ बीचमा छुट्याइएको २.२ अर्ब डलरमध्ये १.७ अर्ब डलरको हिसाब नरहेको एएफपीले जनाएको छ ।यो रकम उपराष्ट्रपति एवम् सम्भावित राष्ट्रपतिका उत्तराधिकारी बेन्जामिन बोल मेलको स्वामित्वमा रहेका निर्माण कम्पनीमार्फत खर्च भएको रिपोर्टमा उल्लेख छ ।
उनी हालै मात्र राष्ट्रिय सुरक्षा सेवाको जनरल पदमा बढुवा भएका छन् ।
यता सुडान सरकारले भने राष्ट्रसंघले सार्वजनिक गरेको रिपोर्टलाई एकपक्षिय भन्दै अस्वीकार गरेकोछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक २३, शनिबार २१:३३‘लाइटिङ’ प्रणालीमा समस्या आउँदा हवाई उडान प्रभावित
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २३, शनिबार १०:५२चलचित्र ‘प्रतिवैरम’ को छायांकन सम्पन्न
खेलकुद२०८२ कार्तिक २३, शनिबार ०९:४२नेपाल दक्षिण अफ्रिकासँग पराजित « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २३, शनिबार ०८:१६‘चलचित्र पत्रकार इतिहास देखि वर्तमान सम्म’ लोकार्पित








