माओवादीमा नारायणकाजीले कार्यबाहक अध्यक्षको मागे

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र आफूलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिनुपर्ने माग गरेका छन् ।
उपमहासचिव जनार्दन शर्माका अनुसार, आइतबार बसेको पदाधिकारी बैठकमै नेता श्रेष्ठले कार्यबाहक अध्यक्षको जिम्मेवारी दिनुपर्ने प्रस्ताव अघि सारेका हुन् । उनले भने, ‘मंसिरमा महाधिवेशन गर्ने हो भने करिब दुई महिना मात्रै बाँकी छ । त्यस अवधिका लागि पनि मलाई कार्यबाहक दिनुपर्छ भन्ने माग उहाँले गर्नुभयो ।’
शर्माले बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै भनेका थिए, ‘दिइदिनुस् न त उहाँलाई कार्यबाहक, दुई महिनालाई दिएर केही बिग्रँदैन ।’
उनको भनाइमा पार्टीले महाधिवेशनको मिति तोक्नु मात्र पर्याप्त नभई, त्यहाँ कार्यकर्ताले स्वतन्त्र रुपमा नेता छान्ने र नयाँ विचार प्रस्तुत गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19617, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक २२, शुक्रबार १५:४४प्रतिभा माविमा सिपिएस कार्यान्वयन पूरा, शिक्षिकाहरू सम्मानित
समाचार२०८२ कार्तिक २०, बुधबार १९:५७अर्थमन्त्री र भूमि व्यवस्थामन्त्रीसँग पोउवा संघको प्रतिनिधिमण्डलको भेटघाट
समाचार२०८२ कार्तिक १९, मंगलवार १९:१५पोखराको न्युरोडमा दुवै साइड पार्किङ हुनुपर्ने माग गर्दै व्यवसायीको ध्यानाकर्षण
समाचार२०८२ कार्तिक १८, सोमबार २३:१८समाजमा प्रेरणा बन्दै असहाय बाल उपकार संघ








