अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो

धादिङ, असोज ७ गते ।
अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी नै खुलेको छ । बेनिघाट रोराङ गाउँपालिका–१० जवाङखोलामा सोमबार राति १० बजेदेखि सुक्खा पहिरोले राजमार्ग अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले पहिरो पन्छाएर राजमार्ग खुलाएको जानकारी दिनुभयो ।
उहाँका अनुसार तत्कालका लागि पहिरो पन्छाए पनि जोखिम टरिसकेको छैन । डोजरले पन्छाउँदै जाने पहिरो थपिँदै गर्ने क्रम चलिरहेको प्रहरी उपरीक्षक रिजालले जानकारी दिनुभयो ।
रोकिएका सवारीहरु आफ्नो गन्तव्यतर्फ लागेका छन् । यस क्षेत्रमा सवारीको चाप उच्च भएकोले जामको समस्या पनि छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २२, आईतवार ११:१३गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित
समाचार२०८२ चैत्र २२, आईतवार १०:४६पोखरामा ‘संस्कृत भजन वाटिका’
समाचार२०८२ चैत्र २२, आईतवार ०९:१८पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २२, आईतवार ०८:५५७ वर्षपछि सुशील पोखरेलको दमदार कमब्याक : ‘परालको आगो’ प्रति बढ्दो अपेक्षा








