कास्कीको लान्दु्रकमा दशैं मेला सुरु

पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित पर्यटकीय गाउँ लान्दु्रकमा दशैं मेला सुरु भएको छ । स्थानिय क्युप्चे बराह क्लबले आफ्नो २६ औं वार्षिकोत्सव तथा बिजया दशमीको अवसर पारि दशैं मेलाको आयोजना गरेको हो ।
लान्द्रुक दशैं मेलाको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले लान्द्रुक दशैं मेलाले लान्दु्रक गाउँको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने बताए । लान्दु्रक गाउँ पर्यटकीय गाउँ भएकाले गाउमा आयोजना हुने मेला महोत्सव लगाएतका गतिविधीले आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउन सहयोग पुग्ने बताउदै लान्द्रुकको खेल मैदान र आमा समुह भवन निर्माणका लागि गाउँपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे । त्यस्तै आफुहरुको कार्यकालमा प्रदेश र केन्द्र सरकारबाट अन्नपूर्ण गाउँपालिकामै सबैभन्दा धेरै बजेट अन्नपूर्णको वडा नं ७ मा पार्न सफल भएको भएतापनि जेन्जी आन्दोलनका कारण अन्तरिम सरकारले टुक्रे योजनाको नाममा गाउँपालिकाहरुका बजेट कटौती गरेको खण्डमा नेपालभरिका पालिकाहरुले बिरोध गर्ने तयारी रहेको समेत अध्यक्ष केसीले बताए ।
त्यस्तै अन्नपूर्ण गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष भरतमान गुरुङले वडाको बिकासमा लागि परिरहदा देशमा जेन्जी पुस्ताको आन्दोलनका कारण केही विषम परिस्थिती खडा भइ स्थानिय तहले केन्द्र सरकार संग सहकार्य गरेर काम गरिरहेको बेला योजनाहरु कटौती हुने होकी भन्ने आशंका रहेको बताए । देशमा उत्पन्न विषम परिस्थितीलाई सामना गरेर अगाडी वढ्नुनै अहिलेको आवश्यक्ता रहेको उनको भनाइ छ । लान्दु्रक गाउँमा सञ्चालन हुन लागेको हाइड्रोपावरले लान्दु्रक बासिको गुनासोलाई समेटेर अगाडी नबढे हाइड्रो सञ्चालन गर्न नदिने बताए ।
सो अवसरमा वोल्दै वडा नं ७ का वडा सदस्य राम बहादुर गुरुङले लान्दु्रक गाउँलाई खेलकुदको माध्यामबाट भाइचारा कायम गर्दै पर्यटकीय गाउँको प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष दशैंको अवसरमा मेलालाई निरन्तरता दिदै आएको बताए ।
क्युप्चे बराह क्लबका अध्यक्ष बिनायक गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्नपूर्ण गाउँपालिका वडा नं ७ का पूर्व वडाअध्यक्ष घनश्याम चापागाँइ, मोति बहादुर गुरुङ, लगायतले बोलेका थिएभने समाजसेवी बुद्धि प्रसाद गुरुङले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन क्लबका भुतपूर्व सचिव बलबहादुर क्षेत्रीले गरेका थिए ।
बिहीबार देखि शुरु भएको दशै मेलामा पुरुष, महिला तथा प्रौढ भलिबल, घोंडादौड प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रम हुने मेला संयोजक विष्णु चापागाँइले जानकारी दिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19638, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १०, बिहीबार १७:२०विज्ञापन नीति खारेजीको माग गर्दै पत्रकार महासंघ कास्कीको ज्ञापनपत्र
समाचार२०८३ बैशाख १०, बिहीबार १५:०७प्युठानमा तीर्थयात्री बोकेको जिप दुर्घटना: एक बालकको मृत्यु, २१ जना घाइते
समाचार२०८३ बैशाख १०, बिहीबार ०६:३११० औं पोखरा स्पोर्टस अवार्डलाई टाइगर ग्रुपकाे साथ
समाचार२०८३ बैशाख १०, बिहीबार ०६:२४लेउवा संघमा ‘बिजनेश ईन्कुबेशन’ सम्बन्धी अभिमुखिकरण








