भाइटीकामा ‘वरिष्ठ बलराम’ : ‘न्यौली बनैमा’ को लोकप्रियतासँगै दयाहाङ र विजयको टकराब चर्चामा

काठमाडौं । आगामी कात्तिक ६ गते भाइटीका को अवसर पारेर रिलिज हुन लागेको चलचित्र ‘वरिष्ठ बलराम’ यतिबेला चर्चाको शिखरमा छ । सार्वजनिक गीत ‘न्यौली बनैमा’ र ट्रेलरलाई दर्शकले रुचाएका छन् ।
‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ सामाजिक सञ्जाल र विशेषगरी टिकटकमा व्यापक लोकप्रिय बनेको छ । सार्वजनिक भएको दुई हप्तामै यस गीतले युट्युबमा ५२ लाख ९६ हजारभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ । प्रशान्त शिवाकोटीको शब्दरसंगीत रहेको गीतमा प्रशान्त र शान्तीश्री परियारको स्वर छ ।
गीतमा युगल जोडीको भूमिकामा रहेका विजय बराल र समृद्धि अर्याल को अभिनय र नृत्य कौशललाई दर्शकले निकै प्रशंसा गरेका छन् । यसले चलचित्रको समग्र प्रचारप्रसारमा ठूलो सहयोग पुर्याएको छ।
गीतको सफलतासँगै चार दिनअघि सार्वजनिक भएको ट्रेलरले पनि दर्शकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ । ट्रेलरले १३ लाख ९६ हजारभन्दा माथि भ्युज पाएको छ ।
चलचित्रको ट्रेलरमा अभिनेता दयाहाङ राई र विजय बरालबीचको टकराबलाई दर्शकले मन पराएको पाइएको छ । दयाहाङको फरक गेटअप र दुई कलाकारको अभिनयको तारिफ युट्युबमा दर्शकले गरिरहेका छन् । एकअर्काको अस्तित्व स्वीकार गर्न नसकी आफ्नो अधिपत्य खडा गर्न खोज्दा उनीहरूबीच देखिएको द्वन्द्व रुचाएको पाइएको छ ।
गीत र ट्रेलरले बटुलेको लोकप्रियता हेर्दा ‘वरिष्ठ बलराम’ ले बक्स अफिसमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
सुरेन्द्र पौडेलले निर्देशन गरेको यस चलचित्रमा दयाहाङ राई, विजय बराल, सम्वृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा लगायतका कलाकारको अभिनय छ ।
वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् । निर्देशक पौडेलकै कथा र सम्पादन रहेको छ ।
आशिष एच तामाङ र श्रीराज कार्की निर्माता रहेको चलचित्रमा मनकृष्ण महर्जनको छायांकन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन छ । चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २३, मंगलवार १०:५१एक हजारभन्दा बढी लाभान्वित « रिपोर्टर्स नेपाल
खेलकुद२०८३ असार २३, मंगलवार ०८:४७अमेरिकालाई पराजित गर्दै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश
कला, विचार/मनोरञ्जन२०८३ असार २२, सोमबार १९:१०पारसको बेहुली दिव्या, ‘बेहुली’को पोस्टर सार्वजनिक
समाचार२०८३ असार २२, सोमबार १७:४८त्रिपुरासुन्दरी गाउँपालिकामा जैविक विविधता संरक्षण तथा जलवायु अनुकुलन सम्बन्धी कार्यक्रम सम्पन्न









