प्लास्टिकका फूल तथा मालाको बिक्री वितरणमा पोखरामा रोक

पोखरा महानगरपालिकाले तिहारका लागि प्लास्टिकका फूल र मालाको बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ । वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा १ अनुसार नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले २०७९ साउन १८ मा नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै प्लास्टिकका फूलगुच्छाको बिक्री, वितरण र भण्डारणमा रोक लगाएको थियो ।
सोही निर्णयलाई कार्यान्वयन गर्दै पोखरा महानगरपालिकाले यस्ता उत्पादनको प्रयोगमा कडाइ गरेको हो ।
महानगरपालिकाले जारी गरेको सूचनामा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने र वातावरणमा नकारात्मक असर पर्न नदिनका लागि प्लास्टिकका फूलगुच्छाको सट्टा स्थानीय तथा प्राकृतिक फूलको प्रयोग गर्न आग्रह गरिएको छ । यस अभियानलाई सफल बनाउनका लागि सम्पूर्ण सरकारी, गैरसरकारी संघसंस्था, व्यवसायी, उपभोक्ता र सर्वसाधारणको सहयोगको अपेक्षा महानगरले गरेको छ । ‘कृषि मूल्य: जीवनम्’ भन्ने नाराका साथ महानगरपालिकाले यो पहल अघि बढाएको हो ।
प्लास्टिकका फूल र मालाले वातावरणमा प्रदूषण बढाउनुका साथै माटोको उर्वरता घटाउने, जल निकासी प्रणालीमा अवरोध पुर्याउने र स्वास्थ्यमा पनि नकारात्मक असर पार्ने अध्ययनले देखाएको छ । यसले गर्दा महानगरपालिकाले दिगो वातावरणीय अभ्यासलाई प्रोत्साहन गर्न र स्थानीय कृषि अर्थतन्त्रलाई टेवा पुर्याउन यो कदम चालेको जनाएको छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक २२, शुक्रबार १६:२०आयोगको आग्रह : मतदाता नामावली दर्ताको प्रचार गरिदिन दलहरूलाई निर्वाचन
समाचार२०८२ कार्तिक २२, शुक्रबार १६:०७सबैभन्दा ठूलो धर्म मानव सेवा हो : अध्यक्ष ढकाल
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २२, शुक्रबार १६:०२जारी २’ र टंक बुढाथोकी निर्देशित ‘मन बिनाको धन’ एकसाथ प्रदर्शन
समाचार२०८२ कार्तिक १८, सोमबार १२:३०आजदेखि कञ्चनपुरमा धान खरिद गरिदै








