सुनको भाउ नयाँ रेकर्ड: प्रतितोला साढे दुई लाख नाघ्यो

काठमाडौं । देशभर सुनको भाउले नयाँ रेकर्ड बनाउँदै साढे दुई लाख रुपैयाँ नाघेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ५० हजार ९ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा आज प्रतितोला २ हजार रुपैयाँले वृद्धि भएको हो। यो हालसम्मकै उच्च मूल्य हो।
बुधबार प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार थप महँगो बनेको हो। त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको महासंघले जनाएको छ।
अघिल्लो दिन प्रतितोला ३२४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ३२७५ रुपैयाँमा पुगेको छ। यसअघि मंगलबार चाँदीको मूल्य ३३२५ रुपैयाँसम्म पुगेको थियो।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19806, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०७:००२ लाख ८७ हजार नगदसहित जुवातास खेल्ने–खेलाउने ८ जना पक्राउ
समाचार२०८३ बैशाख ३१, बिहीबार २१:५२दीननाथ बराललाई उत्कृष्ट खेल पत्रकार अवार्ड
समाचार२०८३ बैशाख ३०, बुधबार २२:४०गण्डकीलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन स्पष्ट नीति र लगानीको खाँचो
समाचार२०८३ बैशाख ३०, बुधबार ००:१८पोखरा महानगरले कक्षा ११ मा भर्नाका लागि प्रवेश परीक्षा लिन राेक्याे









