आज कुकुर तिहार, नरक चतुर्दशी र लक्ष्मीपूजा एकैदिन मनाइँदै

पोखरा । नेपालीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज तेस्राे दिन एकैदिन कुकुर पूजा, नरक चतुर्दशी र लक्ष्मी पूजा मनाइँदैछ। गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेका छन्।
शास्त्रसम्मत् निर्णयअनुसार, कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मनपर्ने परिकार खुवाउने र यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाइन्छ। धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमका अनुसार, वैवस्वत मन्वन्तरको कुलमा जन्मेका कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ।
आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ। बिहानै विभिन्न तीर्थ, नदी वा तलाउमा स्नान र तर्पण गरेपछि यमदीप दक्षिण फर्काएर बालेर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन नपर्ने धार्मिक विश्वास छ।
लक्ष्मी पूजाको तयारी दिउँसोदेखि घरमा सुरु हुन्छ। घरका झ्याल, ढोका, कौसी, अटाली, भर्याङ र कोठा सरसफाइ गरी गाईको गोबर र रातो माटोले लिपपोत गरी दीपावली गरिन्छ। लक्ष्मीपूजा सन्ध्याकालमा आँगनदेखि मूलढोका हुँदै पूजा कोठासम्म चामल, अबीर, फूल, गरगहना, पैसा, फलफूल र सेलरोटी राखेर विधिपूर्वक गरिन्छ। पूजा पछि कन्या केटीलाई लक्ष्मीको प्रतीक मानी दक्षिणा दिने प्रचलन छ।
आज साँझ युवतीले समूह बनाएर घरघरमा भैलो खेल्ने परम्परा छ। धर्मशास्त्रविद् गौतमका अनुसार, भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मृत्यु र पाताल तीनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिनुभएको र वरदान पाएका बलिराजाले ‘भलो होस्’ भनी घरघरमा गाउन लगाएको स्मरणमा भैलो खेल्ने चलन शुरु भएको हो। भैलो खेल्दा धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिने चलन छ, जसले पुण्य प्राप्त हुने विश्वास छ।
शहर बजार पनि लक्ष्मीपूजाको अवसरमा झिलीमिली बनाइन्छ। कुल परम्पराअनुसार, गाईको पूजा औँसीपछि मात्र गर्नुपर्ने धार्मिक शास्त्र उल्लेख गरिएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19834, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०७:००२ लाख ८७ हजार नगदसहित जुवातास खेल्ने–खेलाउने ८ जना पक्राउ
समाचार२०८३ बैशाख ३१, बिहीबार २१:५२दीननाथ बराललाई उत्कृष्ट खेल पत्रकार अवार्ड
समाचार२०८३ बैशाख ३०, बुधबार २२:४०गण्डकीलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन स्पष्ट नीति र लगानीको खाँचो
समाचार२०८३ बैशाख ३०, बुधबार ००:१८पोखरा महानगरले कक्षा ११ मा भर्नाका लागि प्रवेश परीक्षा लिन राेक्याे









