पाेखरा २२ स्थित माछापुच्छ्रे भ्यूपोइन्टमा स्कुटर दुर्घटना,१६ वर्षीय युवक घाइते

पोखरा ।
कास्की जिल्ला पोखरा–२२ माछापुच्छ्रे भ्यूपोइन्टमा शनिबार बिहान एक स्कुटर दुर्घटना भएको छ। दुर्घटनामा स्याङ्जा फेदीखोला गाउँपालिका–२ निवासी १६ वर्षीय सुमिन गुरुङ घाइते भएका छन्।
प्रहरीका अनुसार गा २६ प १९४५ नम्बरको स्कुटर पोखराबाट स्याङ्जातर्फ जाँदै गरेको बेला सडक छेउको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको हो।
घाइते गुरुङलाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि पोखरा मेट्रो सिटी अस्पताल लगिएको छ। अस्पताल स्रोतका अनुसार उनको खुट्टा र हातमा चोट लागेको भए पनि अवस्था सामान्य रहेको बताइएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार स्कुटर तीव्र गतिमा हुँदा अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19857, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ८, शुक्रबार १०:१५सानिसा कार्यक्रममार्फत गण्डकीमा लगानी र विकासका सम्भावना उजागर
समाचार२०८३ जेष्ठ ७, बिहीबार १४:५२पार्टी एकता र भावी कार्यदिशाबारे कांग्रेसको गण्डकी भेला पोखरामा हुने
समाचार२०८३ जेष्ठ ७, बिहीबार ०६:१०पोखरामा ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित ट्यालेन्ट शो’ हुने
समाचार२०८३ जेष्ठ ६, बुधबार २२:०९ताङतिङ दुधपोखरी तमु समाजद्वारा विशेष स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न








