कास्की कारागारबाट भागेर बैदाम प्रहरी कार्यालयमा पुगी चोरी गर्ने युवक बाइक र क्यामेरासहित पक्राउ

कास्की । आगजनी, तोडफोड तथा लुटपाट गर्ने थप एक जना व्यक्ति पक्राउ गरेको कास्की प्रहरीले जानकारी दिएको छ ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते कास्की कारागारबाट भागेका युवकले वडा प्रहरी कार्यालय बैदाममा पुगी चोरी गरेको पत्ता लागेको छ ।
घटनामा संलग्न पोखरा वडा नं. ७ घारीपाटन बस्ने २६ वर्षीय विवश जलारी पक्राउ परेका छन् ।
कास्की कारागारबाट भागेका कैदी जलारी वडा प्रहरी कार्यालय बैदामबाट चोरी भएको डिजिटल क्यामेरा र नम्बर नखुलेको पल्सर एनएस बाइकसहित पक्राउ परेका हुन् ।
कास्की जिल्ला अदालतबाट अपराधिक उपद्रव सम्बन्धी मुद्दामा ६ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
जलारी कारागार कार्यालय कास्कीमा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेको र २४ गते भागी वडा प्रहरी कार्यालय बैदाममा लुटपाट तथा चोरी गर्न पुगेको खुल्न आएको कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19928, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख ३, बिहीबार २२:०१पोखरामा अफलाइन पठाओ/इनड्राइभ चलाउने १३ जना पक्राउ
समाचार२०८३ बैशाख ३, बिहीबार १६:३१पोखरामा रोटरी डिष्ट्रिक्ट ३२९२ को १८औँ सम्मेलन शुक्रबारदेखि,१५ सय रोटरियन सहभागी हुने
समाचार२०८३ बैशाख ३, बिहीबार ०६:२८गण्डकीका कृषि मन्त्री भिम कार्कीको पहिलो निर्णय उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने
समाचार२०८३ बैशाख २, बुधबार १७:१७सुरेन्द्रराज पाण्डे नेतृत्वमा गण्डकी मन्त्रिपरिषद् पुनर्गठन






