आजदेखि कञ्चनपुरमा धान खरिद गरिदै

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका शाखा प्रमुख महिकरण महराले सरकारले धानको समर्थन मूल्य तोकेअनुरूप कञ्चनपुरमा पनि आज (आइतबार) देखि किसानबाट धान खरिद गरिन लागेको जानकारी दिनुभयो । कम्पनीले यस वर्ष कञ्चनपुरमा पाँच हजार क्विन्टलमात्र धान खरिद गर्ने उहाँले बताउनुभयो ।
“यस वर्ष हामीले पहिलो चरणमा पाँच हजार क्विन्टल धान खरिद गर्छौँ”, उहाँले भन्नुभयो, “पछि आवश्यकता अनुसार थप हुनसक्छ ।” विगतका वर्षहरूमा कम्पनीले लक्ष्यअनुसार धान खरिद गर्न नसकेपछि यस वर्ष पाँच हजार क्विन्टलमात्र धान खरिद गर्ने लक्ष्य राखेको हो । गत वर्ष १५ हजार क्विन्टल खरिद गर्ने लक्ष्य लिएको भए पनि लक्ष्यको २० प्रतिशतमात्र धान खरिद भएको कम्पनीले जनाएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार गत वर्ष दुई हजार ९५१ क्विन्टल मात्र धान खरिद भएको थियो । आर्थिक वर्ष २०८०÷८१ मा खाद्य संस्थानले किसानबाट १४ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकामा तीन हजार क्विन्टल मात्र धान खरिद गर्न सकेको थियो । लक्ष्यअनुसार धान खरिद गर्न नसकेपछि खाद्य संस्थानले यसपटक धान खरिद गर्ने लक्ष्य घटाएको हो ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १८, शनिबार ०७:४०मुस्ताङको दिगो पर्यटन र वातावरण संरक्षणमा ‘एक्याप’: पूर्वाधार निर्माणदेखि वन्यजन्तुमैत्री खेतीसम्मका योजना
समाचार२०८२ माघ १७, शुक्रबार १४:०१मुस्ताङमा एक्यापको अर्धवार्षिक प्रगति समीक्षा: हिउँ चितुवा व्यवस्थापन र पर्यटक वृद्धिलाई प्राथमिकता
समाचार२०८२ माघ १५, बुधबार १०:१८ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा
समाचार२०८२ माघ १४, मंगलवार १९:४१टोकनचौरमा कृषि क्रान्ति: अनुसन्धान केन्द्रको प्रविधिले फेरिँदै मगर बस्तीको मुहार








