सरकार पत्रकारको हकहित र पेशागत सुरक्षाका लागि प्रतिबद्ध छः सञ्चारमन्त्री खरेल

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार पत्रकारको हकहित र पेशागत सुरक्षासँगै प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि प्रतिवद्ध रहेको बताउनुभएको छ । आज मन्त्रालयमा नेपाल पत्रकार महासङ्घका पदाधिकारीसँगको छलफलमा मन्त्री खरेलले पत्रकारको जीवन सुरक्षा र पेशागत, व्यवसायिक सुरक्षाका लागि आवश्यक सहजिकरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।
सञ्चारमन्त्री खरेलले सरकार र पत्रकार महासङ्घसँग नीतिगतलगायत विषयमा हातेमालो गरेर अगाडि बढ्न पनि तयार रहेको बताउनुभयो । उहाँले समग्र पत्रकारिता क्षेत्रको व्यवसायिक दक्षता अभिवृद्धि, सामाजिक सुरक्षालगायत विषयमा महासङ्घसँग नीतिगत छलफल र समझदारीका आधारमा अघि बढ्ने उल्लेख गर्नुभयो । उहाँले महासङघले उठाएको विषयलाई कार्यान्वयन गर्दै जाने भन्दै रचनात्मक सुझाव दिन आग्रह गर्नुभयो । उहाँले अगाडि भन्नुभयो,“अबको कुनैपनि नीतिगत छलफलमा मन्त्रालय र महासङ्घको समन्वय र सहमतिमा काम अगाडि बढाउनुपर्छ ।”
मन्त्री खरेलले पत्रकारको पेशागत र भौतिक सुरक्षाको सुनिश्चितताका लागि सरकारले आवश्यक पहल गर्ने बताउनुभयो । साथै उहाँले योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा ल्याउन मन्त्रालयले समिति गठन गरेर काम सुरु गरेको र सुरुमा सरकारी सञ्चारमाध्यमबाट लागूहुने जानकारी दिनुभयो ।
महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारको पेशागत र भौतिक सुरक्षाका साथै नीतिगत सुधारका लागि मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । उहाँले श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन र मिडिया हाउस र समग्र पत्रकारिता क्षेत्रको समस्या समाधानका लागि सरकारसँग सहकार्य गरेर अगाडि बढ्न महासङ्घ तयार रहेको उल्लेख गर्नुभयो । महासङ्घका महासचिव रामजी दाहालले महासङ्घको ध्यानाकर्षण पत्र पढेर सुनाउनुभयो ।
महासंघका अध्यक्ष शर्माको नेतृत्वको टोलीले महासङ्घको आगामी कार्ययोजना र मन्त्रालयकोतर्फबाट गर्नुपर्ने सहजिकरणलगायत विषयको नौ बुदे ज्ञापनपत्र सञ्चारमन्त्री खरेलसमक्ष बुझाएको हो । ज्ञापनपत्र ग्रहणगर्दै मन्त्री खरेलले मन्त्रालयकोतर्फबाट सहयोग गर्ने वचन दिनुभयो । नीतिनिर्माणमा साझेदारी, जेनजी आन्दोलनकाक्रममा घाइते पत्रकारका लागि उचित राहत तथा क्षतिपूर्तिको प्रवन्ध मिलाउन, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन,लगायत विषयमा मन्त्रालयकोतर्फबाट समन्वय र सहजिकरण गरिदिन महासङ्घले आग्रह गरेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ कार्तिक २७, बुधबार २०:१०निर्वाचनमा उम्मेदवारको खर्च घटाउने विषयमा प्रधानमन्त्रीको चासो
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २७, बुधबार १७:३२मंसिर १५ बाट ‘झिँगेदाउ २’ को छायांकन, मुकुनको स्थानमा महेश त्रिपाठी
समाचार२०८२ कार्तिक २७, बुधबार १७:१७नगरपालिका भित्रका सहकारीलाई व्यवस्थित बनाउन छलफल तथा अन्तरक्रिया
समाचार२०८२ कार्तिक २७, बुधबार १६:३०नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियानका बीच एकता







