दर्शकको मागसँगै ‘मन बिनाको धन’ का शो वृद्धि

दर्शकको मागसँगै ‘मन बिनाको धन’ का शो वृद्धि

काठमाडौँ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘मन बिनाको धन’ ले सकारात्मक दर्शक प्रतिक्रिया बटुलेसँगै शो संख्या बढेको छ।

निर्देशक टंक बुढाथोकीका अनुसार फिल्मले सुरुवातमा सीमित शो पाएको भए पनि दर्शकको रुचि र राम्रो वर्ड–अफ माउथका कारण अहिले शो वृद्धि भएको छ।

‘पहिलो दिन शो कम थियो, तर दर्शकको प्रतिक्रिया उत्कृष्ट आएपछि अहिले प्रदर्शन संख्या बढ्दै गएको छ,’ निर्देशक बुढाथोकीले बताए, ‘स्कुल–कलेजका विद्यार्थीदेखि परिवारका सदस्यसम्म हलमा फिल्म हेर्न आइरहेका छन्।’

अभिनेताहरू अशोक दर्जी, नीता ढुंगाना र रमेश विश्वकर्माको अभिनयलाई विशेष प्रशंसा मिलिरहेको निर्देशक बुढाथोकीको भनाइ छ।

सोमबार मात्र नेपालगञ्जको सिने रोयलमा ७ शो र क्यूएफएक्स बागेश्वरीमा २ शो हाउसफुल चलेका थिए। पूर्वका इटहरी, बिर्तामोड, दमक, विराटनगर तथा चितवन, पोखरा र दाङका हलहरूमा पनि दर्शकको भीड बढ्दै गएको छ।

फिल्मले सुरुवाती दिनमा ९५ शो पाएको थियो भने अहिले देशभर करिब डेढ सय शो चलिरहेका छन्। साथमा, कलाकारहरूले काठमाडौँका विभिन्न हलमा उपस्थित भएर दर्शकसँग प्रत्यक्ष प्रतिक्रिया लिइरहेका छन्।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  चलचित्र ‘मालती मंगले’ लाई सबै दर्शकले हेर्न मिल्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   9   =  

Protected by Spam Master