प्रीति कौरको ‘आहै लरिबरि’ सार्वजनिक, नबिन लम्सालसँग रोमान्टिक केमेस्ट्री

प्रीति कौरको ‘आहै लरिबरि’ सार्वजनिक, नबिन लम्सालसँग रोमान्टिक केमेस्ट्री

काठमाडौँ। गायिका प्रीति कौरको सुमधुर आवाजमा सजिएको नयाँ रोमान्टिक गीत ‘आहै लरिबरि’ सार्वजनिक गरिएको छ। प्रेम, भावना र नेपाली सौन्दर्य मिसाएर तयार गरिएको गीतमा कोमल शब्द र मधुर संगीतले प्रेमिल माहोल सृजना गरेको छ।

गीतको शब्द तथा संगीत बुलेट फ्लोले तयार गरेका हुन्। भिडियोको निर्देशन राजु भट्टले गरेका हुन्, जहाँ प्रीति कौर र नबिन लम्सालको आकर्षक अन–स्क्रिन केमेस्ट्री प्रस्तुत गरिएको छ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ निर्माण गरिएको भिडियोमा रुबी भ्यालीका मनमोहक दृश्य समेटिएका छन्। भिडियोको छायांकन केशव पाण्डेले गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहले गरेका छन्।

सुरुबाट अन्त्यसम्म रोमान्सको प्रभावकारी प्रस्तुति, आकर्षक ट्रान्जिशन र प्राकृतिक दृश्य संयोजनले भिडियोलाई अझ मनमोहक बनाएको छ। भिडियो गायिका प्रीति कौरको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  चलचित्र ‘मालती मंगले’को ग्रान्ड प्रिमियर रबि देखि मदनकृष्णसम्मले गरे तारिफ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   6   =  

Protected by Spam Master