एसिसी यू–१९ प्रिमियर कप फाइनलः टस जितेर फिल्डिङ गर्दै नेपाल

एसिसी यू–१९ प्रिमियर कप फाइनलः टस जितेर फिल्डिङ गर्दै नेपाल

काठमाडौं, मंसिर १५ । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले आयोजक यूएईसँग भिड्दैछ । केहीबेरमै अजमानस्थित करवान मैदानमा सुरु हुने खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ ।

नेपालले मलेसियालाई ९ विकेटले हराएर उपाधिनजिक पुगेको हो । युएईले भने ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा सुरक्षित भएको हो । नेपाल र युएई एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोली सिधै एसिया कपमा छनोट हुने प्रावधान छ ।

सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा स्थान बनाउनेछ । तेस्रो स्थानका लागि आज नै मलेसिया र ओमान खेल्नेछन् । प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको थियो । यू–१९ एसिया कप यही डिसेम्बरमा यूएईमै हुँदैछ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   10   =  

Protected by Spam Master