नेसनल प्याब्सन भक्तपुरको खेलकूद मेला आजदेखि

काठमाडौं, १५ मंसिर । नेसनल प्याव्सन भक्तपुरको आयोजनामा अन्तर विद्यालय खेलकूद प्रतियोगिता–२०८२ आजदेखि सुरु भएको छ । सदस्य विद्यालयहरुबीच हुने प्रतियोगितामा विभिन्न खेलहरु समावेश गरिएको छ ।
खेलकूद प्रतियोगितामा माध्यमिक र आधारभूत तहको छुट्टाछुट्टै छात्र फुटसल, माध्यमिक तहसम्मका छात्राहरुको भलिवल, माध्यमिक तहसम्मका छात्रहरुको टेवुल टेनिस र माध्यमिक तहसम्मको छात्र र छात्राको छुट्टाछुट्टै व्याडमिन्टन प्रतियोगिता सम्पन्न हुने जानकारी नेसनल प्याव्सन भक्तपुरका जिल्ला कार्यसमिति सदस्य एवं खेलकूद मेलाका संयोजक अनिश राईले जानकारी दिए ।
यसप्रकारको खेलकूद प्रतियोगिताले विद्यार्थीहरुलाई शारीरिक र मानसिक रुपमा दन्तुरुस्त राख्नुका साथै खेलप्रति रुचीले भविष्यमा राष्ट्रको लागि उत्कृष्ट खेलाडि तयार हुन सक्ने विश्वास लिइएको छ । खेलकूद प्रतियोगिता मंसिर १५ गते सुरु भई मंसिर १८ गते विजेता विद्यार्थी खेलाडीहरुलाई पुरस्कार वितरण गरी समापन गरिनेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन ३०, शनिबार २१:३६माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, मृतक सबै भारतीय नागरिक
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार २१:२२‘धन्यवाद शत्रु’ भन्दै आइन् लोकप्रिय गायिका अन्जु
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार ११:२५बोर्ड अध्यक्ष डीसीले गरे ‘टेम्के: द डेस्टिनेसन’ को शुभमुहूर्त
समाचार२०८२ फाल्गुन २९, शुक्रबार १९:३८ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चिती नगर्न निगमको आग्रह








