‘लोकन्ती’ को शिर्षक गीत सार्वजनिक

काठमाडौं। यहि मङ्सिर २६ गते शुक्रवारबाट प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘लोकन्ती’ को शिर्षक गीत सार्वजनिक गरिएको छ। रोमान्टिक डान्सिङ्ग नम्बर ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार यसराज गराच, ऋचा थापा,विमला लिम्बु,कुमार न्यौपाने र विकाश अधिकारी फिचर्ड छन्।
सार्वजनिक ‘जन्ती लाइ मन पर्यो लोकन्ती’ बोलको गीतमा कविर सिंह ठकुरीको स्वर रहेको छ । गीतमा शब्द संगीत सन्दीप डाँगीको रहेको छ।
परिवार, प्रेम, संघर्ष, शान्ति र समाजका सूक्ष्म द्वन्द्वलाई कथाको केन्द्रमा राखेर तयार गरिएको चलचित्रलाई निर्देशक रञ्जित रानाले पूर्ण पारिवारिक ड्रामाको रूपमा पेश गरेका छन्। कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा ‘लोकन्ती’ ले पारिवारिक प्रेमकथाभित्र लुकेका सामाजिक संवेदनाहरू उजागर गर्ने लक्ष्य लिएको छ।
चलचित्रका निर्माता सन्तोष न्यौपाने हुन्। यसराजसँगै अभिनेत्री तथा मोडल ऋचा थापाको अनस्क्रिन केमिस्ट्री रहेको छ साथै, विमला लिम्बु,कुमार न्यौपाने, विकाश अधिकारी, दमन रुपाखेती,गोविन्द प्रभा,लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ।
काजी लिम्बुले लेखेको चलचित्रमा संगीत विकास चौधरी, छायांकनमा रोनिश तामाङ च्याङ्बा,शृंगार अशोक रोक्काको रहेको छ भने सम्पादन गौतम राज खड्काले गरेका हुन् ।
चलचित्रमा शंकर अधिकारी घायल,डा.ओम कृष्ण प्रसाईं,दिपेन्द्र खड्का र सन्दीप डाँगीको गीत रहेको छ। नेपाली संस्कृतिमा आधारित भावनात्मक तथा सामाजिक कथानक बोकेको ‘लोकन्ती’ ले दर्शकलाई नयाँ स्वाद दिने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १८, सोमबार २२:५६हलीको पोस्टरले दाङ,नेपालगञ्ज,धनगढी लगायतका अटोमा भरिभराउ
समाचार२०८३ श्रावण १८, सोमबार २०:४६पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण १८, सोमबार १५:१०सडकमा पोखियो नर्सहरूको आक्रोश
समाचार२०८३ श्रावण १८, सोमबार १४:१९माइतीघर डुबान समस्यामा दीर्घकालीन समाधानको खोजी गरिँदै









