मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

मोरङ- सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बताउनुभएको छ ।
मन्त्रालय र माइती नेपालद्वारा विराटनगर आयोजित दुई दिने ‘नेपाल–भारत सीमा क्षेत्रमा मानव बेचबिखन तथा शोषणका चुनौती’ विषयक गोष्ठीको बिहीबार साँझ उद्घाटन गर्दै उहाँले दुई देशबीच आपसी समन्वय कायम गरी यस्तो जघन्य अपराधलाई रोकथाम गर्न सरोकार भएका निकायले सक्रियता बढाउनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री श्रेष्ठले मन्त्रालयले बेचबिखन भएकालाई तत्काल उद्धार र संरक्षणका लागि योजनाबद्ध काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले महिला बेचबिखन रोकथामका लागि तत्काल कार्यविधि बनाउने र त्यसलाई कार्यान्वयनमा लैजाने जानकारी दिनुभयो ।
माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाले संस्थाले विगत ३० वर्षदेखि मानव बेचबिखनविरूद्ध काम गर्नुका साथै जनचेतना जगाउने, उद्धार र पुनस्थापनामा सहजीकरण गर्दै आएको जानकारी दिनुभयो । अहिले पनि किशोरीहरू अशिक्षा, बेरोजगारी र विभिन्न प्रलोभनमा परी बेचबिखनमा परिरहेकाले यसको नियन्त्रणका लागि समाज, सङ्घसंस्था, सरकारी निकाय सबैको सहयोग र समन्वय आवश्यक पर्नेमा उहाँले जोड दिनुभयो ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले मानव बेचबिखन नेपालको मुख्य समस्या भएको उल्लेख गर्दै यसको रोकथाम आपसी समन्वयबाट हुने बताउनुभयो ।
मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेत, सहसचिव आभा श्रेष्ठ, दिल्ली प्रहरीका डा राकेश कुमार, गैरसरकारी संस्था मोरङ अध्यक्ष विष्णु शर्मा पन्तलगायतले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सचेतना जगाउन र आगाी रणनीति तयार गर्न गोष्ठी प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
मानव बेचबिखन नियन्त्रणमा दुई देशबीच आपसी सहकार्य र समन्वय सुदृढ गर्नु गोष्ठीको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा नेपाल र भारतका सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाजलगायत सरोकार भएका सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख ५, शनिबार २०:२६एमाले अध्यक्ष ओली टिचिङ अस्पतालबाट डिस्चार्ज
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख ५, शनिबार १५:११सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
सूचना-प्रविधि२०८३ बैशाख ५, शनिबार १४:१९करिब ८ हजार कर्मचारीलाई कामबाट निकाल्ने तयारीमा मेटा
खेलकुद२०८३ बैशाख ५, शनिबार १३:४८कान्तिपुर हाफ म्याराथनको उपाधि राजन र सन्तोषीलाई








