गाउँमा विशेषज्ञसहितको स्वास्थ्य शिविर « रिपोर्टर्स नेपाल

गाउँमा विशेषज्ञसहितको स्वास्थ्य शिविर « रिपोर्टर्स नेपाल

तम्घास, १३ पुस । धुर्कोट गाउँपालिका–४ जैसीथोकमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ४०० जना लाभाम्वित भएका छन् । जैसीथोक सामुदायिक सिकाइ केन्द्रको आयोजना, बुटवल अस्पताल प्रालिको सहयोग एवं धुर्कोट गाउँपालिका–४ कार्यालयको समन्वयमा शनिबार बृहत् निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।

शिविरमा सर्जन, हाडजोर्नी, जनरल फिजिसियन, बालरोग, महिला तथा प्रसूतिलगायत रोगको उपचार गरिएको थियो । शिविरबाट गरिब, विपन्न एवं कमजोर आर्थिक अवस्था भएका नागरिक सबैभन्दा बढी लाभाम्वित भएका छन् ।

त्यसैगरी, गाउँमै विशेषज्ञसहितको सेवा पाउँदा नागरिकलाई समय र पैसाको बचत भएको छ । “सुगर र थाइराइड भएर आएको, औषधि लिएर फर्के”, जैसीथोकका चुरामणि घिमिरेले भने, “बुटवलका चिकित्सक गाउँमै आएर सेवा दिँदा खुसी छौँ ।” उनले आफूसहित श्रीमतीलाई शिविरमा लगेर उपचार गराएको बताए ।

जैसीथोक सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष राजन पोखरेलले दुर्गम भेगका नागरिकलाई विशेषज्ञ सेवा दिने उदेश्यले शिविरको आयोजना गरिएको बताए । उनले आर्थिक अभावकै कारण रोग लुकाउन बाध्य भएका नागरिकले शिविरबाट फाइदा लिएको बताए । शिविरबाट दमको पहिचान भएका एक जनालाई थप उपचारका लागि बुटवल पठाइएको छ ।

शिविरमा जनरल सर्जन कृष्णप्रसाद खनाल, पेट, छाती तथा मुटुरोग विशेषज्ञ डा सागर पौडेल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा बिन्दु पोखरेल, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा उत्सव रेग्मी र बालरोग विशेषज्ञ डा प्रदीप शर्मालगायतको टिमले सेवा दिएको थियो । रासस

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   1   =  

Protected by Spam Master