डा. शाक्यको ‘मेरो गीतभित्र’ बजारमा

काठमाडौँ- राष्ट्रियसभा सदस्य एवं स्रष्टा डा. अञ्जान शाक्यको म्युजिक भिडियो ‘मेरो गीतभित्र’ बजारमा आएको छ ।
‘शिरीष’, ‘रोज’, ‘बहार’, ‘श्रद्धापुष्प’, ‘अन्जानपथ’ जस्ता एकल एल्बम र अन्य एक दर्जन ‘कलेक्सन एल्बम’मा गीत गाउनुभएकी शाक्यले करिब २२ वर्षपछि यो नयाँ म्युजिक भिडियोसहितको गीत ल्याउनुभएको हो ।
इजरायलका लागि पूर्वनेपाली राजदूत डा शाक्यले इञ्जिनीयर सञ्जय शाक्यको शब्द रचनामा ‘मेरो गीतभित्र’ रेकर्ड गराउनुभएको हो । यसमा हरिशरण सायमीले ‘म्युजिक एरेन्ज’ गर्नुभएको छ । कलाकार सरोज खनाल र पूर्वमिस नेपाल उषा खड्गीको अभिनय रहेको गीतमा डा. शाक्यको स्वर रहेको छ भने सङ्गीत डा. शाक्य र इञ्जिनियर सञ्जयको रहेको छ । देवकुमार श्रेष्ठले निर्देशन गर्नुभएको छ ।
शनिबार मात्रै युट्युवमा अपलोड गरिएको यो म्युजिक भिडियो हालसम्म करिब आठ हजारले हेरिसकेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ माघ २९, बुधबार २३:२२चलचित्रमार्फत पर्यटन प्रवर्द्धन : विकास बोर्ड र पर्यटन बोर्डबीच चार बुँदे सहकार्य
समाचार२०८२ माघ २९, बुधबार १९:२५रवि-बालेन एकता रहरको होइन,अरूले कसैले गराइदिएका हुन्- काँग्रेस प्रवक्ता
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ २९, बुधबार १६:०८चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
समाचार२०८२ माघ २९, बुधबार १३:४९जलवायु परिवर्तनसँगै पूर्वाधार विकास, कृषि र पर्यटन नै प्रमुख चुनावी मुद्दा








