पोखरा सडक महोत्सव सुरु

पोखरा सडक महोत्सव सुरु

पाेखरा ।
पोखरा सडक महोत्सवको २७ औं श्रृङ्खला आईतबार देखि शुरु भएको छ । ‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने मूल नाराका साथ रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको आयोजनामा भएको कार्यक्रमको उद्घाटन नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलस्रोत तथा सिंचाई र सहरी विकास मन्त्री कुलमान घिसिङले गरे ।

मन्त्री घिसिङले पोखरा पर्यटनको हब भएकाले यससँग अन्य सहर र देशको कनेक्टीभिटी बढाउनुका साथै पोखरालाई सडक र हवाई दुबै मार्गमा पनि कनेक्टीभिटी सहज बनाउनुपर्नेमा जोड दिए ।

फेवाताल पोखराको गहना र पर्यटकीय केन्द्र यसो संरक्षण गर्न सकेको अवस्थामा पर्यटक प्रवद्धन हुनुका साथै आर्थिक विकास हुने बताए । कार्यक्रममा उनले फागुन २१ गतेको चुनाव सफल पार्नका लागि सरकार लागि परेको बताए ।

उनले देशको स्थायित्वका लागि पनि चुनाव गराउनुपर्ने जानकारी दिए । चुनावपछिको सरकार विकासका लागि सवैले इमान्दारिता पुर्वक काम गर्ने व्यक्ति चुन्नका लागि आम नागरिकलाई उनकाे आग्रह छ ।

गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्यालले पर्यटनको विकासका लागि प्रदेश सरकार लागिरहेको जानकारी दिए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट अन्र्तराष्ट्रिय नियमित उडानमा पल गर्नका लागि मन्त्री घिसिङलाई आग्रह गरे ।

महोत्सव सुरु हुनु अघि पोखराको हल्लन चोकदेखि विभिन्न जात जातिहरुको मौलिक सांस्कृतिक बाजगाज र झाँकी, गण्डकी प्रदेश एपिएफ व्याण्ड सहितको ¥यालि निकालिएको थियो ।

महोत्सव अवधि लेकसाईडकको खहरेदेखि अम्बोटसम्मको करीब साढे ३ किलोमिटर क्षेत्रमा सडकमै खानाका परिकारहरु पाइने रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए ।

उनका अनुुसार महोत्सवको मुख्य आर्कषण विभिन्न जातजातीका लोपोन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुदतर्फ डुंगा दौड प्रतियोगिता रहेको छ ।

त्यसैगरी वेटर रेस, डोरी तान्ने प्रतियोगिता, मःम तथा ससेज खाने छुट्टाछुट्टै प्रतियोगिता, सचेतनामुलक सडक नाटक, सेल्फी फोटो बुथलगायत रहने कार्यक्रम संयोजक वसन्त गौतमले जानकारी दिए ।

त्यस्तै, महोत्सव अवधीभरमा पोखराको पर्यटनको विकास, प्रवद्र्दन, अवसर तथा चुनौतिका विषय केन्द्रीत अन्र्तक्रिया कार्यक्रम पनि हुनेछ । महाेत्सव पौष १७ गतेसम्म चल्नेछ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20394, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   1   =  

Protected by Spam Master