बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको उपाध्यक्षमा मनोहरि पौडेल

पोखरा ।
बुद्ध विशाल बजार व्यापरिक एशोसियसनको उपाध्यक्षमा मनोहरि पौडेल चयन भएका छन् ।
एशोसियसनको १४ औं अधिवेशनमा उपाध्यक्षका उम्मेदवार भनिएका राजु केसीको उम्मेदवारी एशोसियसनको विधान अनुसार नभएकोले मनोहरि पौडेललाई एशोसियसनको उपाध्यक्ष पदमा चयन गरिएको हाे ।
केसीकाे उम्मेदवारी जिल्ला प्रशासन कार्यालय कास्कीको निर्णय, टिप्पणी,आदेश अनुसार खारेजी भएपछि एशोसियसनको विधान २०५६ को धारा ३१ अनुसार पाैडेललाई उपाध्यक्षमा चयन गरिएकाे एशोसियसनका अध्यक्ष बुद्विवहादुर कुँवरले बताए ।
बुद्ध विशाल बजार व्यापरिक एशोसियसनका प्रवक्ता समेत रहिसकेका पौडेल हाल पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य समेत हुन् ।
पौडेल त्रिलोकेश्वर शिव मन्दिर पोखरा २८ को अध्यक्ष ,सुर्केमैदान सृजनशिल क्लव कालिकाको संस्थापक अध्यक्ष,पत्रकार महासघं कास्कीको प्रदेश परिषद सदस्य रहेका पौडेल नेपालय न्युज डटकमका सह सम्पादक समेत रहेका छन् ।
बुद्ध विशाल बजार व्यापरिक एशोसियसनको उपाध्यक्षमा चयन भए पछि पौडेलले भने ’आफू नियम कानुनलाई सधैव मान्ने बताउदै एशोसियसनको निर्वाचनमा निर्वाचन समितिका संयोजकले आफुलाई पुर्वाग्रहपुर्ण रूपले अन्याय गरेको भएता पनि एशोसियसनको विधान अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीले आफुलाई न्याय दिएकोमा आभार व्यक्त गरे ।
पौडेलले आफू एशोसियसनको उपाध्यक्ष पदमा रहदा संस्थागत विकास र बुद्ध विशाल बजारका व्यवसायीहरूको हकहितका लागि सधैंव काम गर्ने प्रतिबद्धता जाहेर समेत गरेका छन् ।
हालै सम्पन्न भएको बुद्ध विशाल वजार व्यापारिक एसोसियसनको २७ औं वार्षिक साधारण सभा एवं १४ औं अधिवेशनले अध्यक्षमा बुद्धिबहादुर कुँवर महासचिवमा थमनसिंह गुरुङ, सचिवमा शान्ति श्रेष्ठ, कोषाध्यक्षमा गोविन्द दाहाल तथा सदस्यहरुमा कृष्ण कुँवर, अनु थापा,शम्भु खत्री,सन्जय श्रेष्ठ,प्रकाश पौडेल,दिनेश गुरुङ,ईन्द्रमाया गुरुङ र लक्ष्मण आचार्यलाई निर्वाचित गरीसकेको थियो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20448, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख २, बुधबार ०५:२३पोखरा विमानस्थलदेखि अमरसिंह चोकसम्म निःशुल्क विद्युतीय सटल बस सेवा सुरु
समाचार२०८३ बैशाख १, मंगलवार १९:१३नयाँ वर्षमा चलचित्र पत्रकार संघ कास्कीको भित्तेपात्रो विमोचन
समाचार२०८२ चैत्र ३०, सोमबार २३:०४ब्राउनसुगरसहित तीन जना पक्राउ
समाचार२०८२ चैत्र ३०, सोमबार २२:४८हेमजा आलु महोत्सवमा लन्डन ब्रिज झल्को दिने आकृति प्रमुख आकर्षण







