पोउवा संघद्वारा आन्तरिक राजश्व कार्यालयलाई कम्प्यूटर र ल्यापटप सहयोग

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले आइततबार उद्योगतर्फका उपाध्यक्ष दीनेशचन्द्र बास्तोला,वाणिज्यतर्फका उपाध्यक्ष बलराम आचार्य, महासचिव शोभा गौतम,उपमहासचिव सुदीप प्रधानाङ्ग,कार्यसमितिका सदस्यहरु जीवन श्रेष्ठ,दूधमान गुरुङ‘आशिष’ तथा संघका सहायक निर्देशक सुनिल क्षेत्रीको उपस्थितिमा आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुंगानालाई ५ लाख ३१ हजार ८ सय ७१ रुपैयाँ बराबरका सामग्री हस्तान्तरण गरेका हुन् । अध्यक्ष कार्कीले ती सामग्री सहयोगपछि आन्तरिक राजश्व कार्यालयबाट प्रवाह हुने सेवामा सहजता आउने विश्वास व्यक्त गरे ।
जेन–जी आन्दोलनको दोस्रो दिन गएको भदौ २४ गते आगजनी,तोडफोड र लुटपाट भएपछि आन्तरिक राजश्व कार्यालय पोखराले दैनिक सेवा प्रवाहका निम्ति अत्यावश्यक पर्ने ती सामग्रीहरुको अभाव झेल्दै आएको थियो ।
उद्योगी/व्यवसायीहरुसँग सम्बन्धित रहेको सो आन्तरिक राजश्व कार्यालयको सेवा प्रवाहमा कुनै कमी नहोस् भन्ने उद्देश्यले ती सामग्री सहयोग गरिएको संघकी महासचिव शोभा गौतमले बताइ
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20459, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ८, शुक्रबार १०:१५सानिसा कार्यक्रममार्फत गण्डकीमा लगानी र विकासका सम्भावना उजागर
समाचार२०८३ जेष्ठ ७, बिहीबार १४:५२पार्टी एकता र भावी कार्यदिशाबारे कांग्रेसको गण्डकी भेला पोखरामा हुने
समाचार२०८३ जेष्ठ ७, बिहीबार ०६:१०पोखरामा ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित ट्यालेन्ट शो’ हुने
समाचार२०८३ जेष्ठ ६, बुधबार २२:०९ताङतिङ दुधपोखरी तमु समाजद्वारा विशेष स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न







