कुष्ठरोग नियन्त्रण चुनौती, मधेसका ४५ पालिका कुष्ठरोगमुक्त

जनकपुरधाम, १४ माघ । मधेस प्रदेशमा कुष्ठरोग नियन्त्रण चुनौतीपूर्ण रहेको छ । नेपालको कूल कुष्ठरोगीको सङ्ख्यामध्ये ३६ प्रतिशत कुष्ठरोगी मधेसमा रहेका मधेस प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ ।
६४औँ विश्व कुष्ठरोग दिवसका अवसरमा प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरधामद्वारा आज जनकपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रस्तुत भएको आर्थिक वर्ष २०८०र८१ को तथ्याङ्कअनुसार मुलुकभरि नयाँ कुष्ठरोगीको सङ्ख्या दुई हजार ४०९ रहेको छ । जसमध्ये मधेस प्रदेशमा ८५७ जना छन् ।
मधेसका नयाँ कुष्ठरोगीमध्ये ८०५ जनाले नियमित औषधि सेवन गरिरहेका निर्देशनालयका क्षयकुष्ठरोग निवारण अधिकृत राजवीर यादवले जानकारी दिए । उनका अनुसार सो अवधिमा मुलुकभरि ९१ जना कुष्ठरोगका बालबालिकामध्ये मधेसमा ४० जना छन् ।
देशभरि कुष्ठरोगबाट अङ्गभङ्ग भएका १५४ बालबालिकामध्ये मधेसमा ५८ जना रहेका यादवले जानकारी दिए । प्रदेशमा प्रतिएक लाखमा १३ जना कुष्ठरोगका बिरामी रहेका उनले बताए । यसको औषधि तथा उपचार निःशुल्क पाउने भएकाले उपचारमा कुनै किसिमको ढिलाइ गर्न नहुने उनले आग्रह गरे ।
मधेसका १३६ मध्ये ४५ वटा कुष्ठरोगमुक्त पालिका रहेका जनाउँदै क्षयकुष्ठरोग निवारण अधिकृत यादवले जोखिम भएका स्थानमा उपचार तथा जनचेतनाका कार्यक्रम एकसाथ अगाडि बढाइएको बताए । उनका अनुसार प्रदेशको बारा जिल्लामा कुष्ठरोगीको सङ्ख्या सबैभन्दा बढी छ भने सप्तरीमा सबैभन्दा न्यून रहेको छ ।
जनस्वास्य कार्यालय धनुषाका प्रमुख उमेश यादवले मधेस प्रदेश सरकारले कुष्ठरोगको निवारणतर्फ बजेट नदिँदा कार्य गर्न समस्या भएको गुनासो गरे । उनले कुष्ठरोग निवारणमा समाजले सहयोग गर्नुपर्नेमा जोड दिए ।
लालगढ कुष्ठरोग अस्पतालका तालिम अधिकृत अरविन्द साहले कुष्ठरोगबाट मुक्त हुनका लागि सरसफाइ तथा समयमा उपचार गराउनका लागि अनुरोध गरे । डा मनोजकुमार साह तथा जनस्वास्थ्य कार्यालयका अधिकृत महेश साहले यो रोग लुकाउन नहुने विचार व्यक्त गरे । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १६, बिहीबार १४:०८एकै दिन तोलामा २० हजारले बढ्यो छापावाला सुनको मुल्य
कला, विचार/मनोरञ्जन२०८२ माघ १६, बिहीबार ११:३१फिल्म ‘शिवांश’मा कैलाश खेरको आवाज, ‘शिव ताण्डव’ गीत समावेश
समाचार२०८२ माघ १६, बिहीबार ०७:१०आजदेखी धादिङबेसीमा १० औँ धादिङ महोत्सव हुदै
समाचार२०८२ माघ १६, बिहीबार ०६:२६‘ब्रेकअप’ पछिको कथामा ‘रमिताको पिरती’






