‘धन्यवाद शत्रु’ भन्दै आइन् लोकप्रिय गायिका अन्जु

‘धन्यवाद शत्रु’ भन्दै आइन् लोकप्रिय गायिका अन्जु

काठमाडौं। नेपाली सुगम सङ्गीतकी लोकप्रिय गायिका अन्जु पन्तले आफ्ना आलोचक र निन्दकहरूलाई साङ्गीतिक रूपमै आभार प्रकट गरेकी छन्। पन्तले आफ्नै शब्द रचना तथा स्वरमा ‘धन्यवाद शत्रु’ बोलको नयाँ गीत भर्खरै सार्वजनिक गरेकी हुन्। ‘अन्जु पन्त अफिसियल’ युट्युब च्यानलमार्फत दर्शकस्रोतामाझ ल्याइएको यस गीतमा लोकप्रिय सङ्गीतकार बीबी अनुरागीले सङ्गीत भरेका छन्।

जीवनको विभिन्न कालखण्डमा भोगेका अनेकौँ चोट, आलोचना र घृणालाई नै आफ्नो सफलताको खुड्किलो मान्दै उनले यो गीत तयार पारेकी हुन्। गायिका पन्तका अनुसार, विगतमा उनलाई लक्षित गरेर प्रहार गरिएका तिखा शब्द र शत्रुतापूर्ण व्यवहारले नै उनलाई मानसिक रूपमा थप बलियो बन्न सघायो। अरूको नकारात्मकतालाई सकारात्मक ऊर्जामा बदल्दै निरन्तर सङ्घर्ष गर्न सिकेकै कारण आजको मान, सम्मान र उचाइ प्राप्त भएको उनको बुझाइ छ।

कसैप्रति पनि आफ्नो मनमा अलिकति पनि गुनासो वा नकारात्मक भावना नरहेको स्पष्ट पार्दै उनले यो साङ्गीतिक कोसेलीमार्फत ती सबैलाई हृदयदेखि नै धन्यवाद दिएकी छन्। मुटु छेड्ने गरी आएका गालीहरूले नै आफूलाई जीवनको सही मार्ग देखाएको बताउने पन्तको यो गीतले क्षमा र कृतज्ञताको गहिरो सन्देश बोकेको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   4   =  

Protected by Spam Master