नेत्रावती डबजोङमा २८०० घरधुरीलाई सुधारिएको चुलो

धादिङबेशी । नेत्रावती डबजोङ गाउँपालिकाले वातावरण संरक्षण तथा धुवाँजन्य प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले २८०० भन्दा बढी घरधुरीलाई सुधारिएको चुलो वितरण गरेको छ।
नेत्रावती डवजोङ गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुरेश वाइबाका अनुसार गाउँपालिका भरिका सबै वडामा सुधारिएको चुलो वितरण गरिएको हो। स्थानीय तह र गैरसरकारी संस्थाबीचको सहकार्यमा सञ्चालन गरिएको उक्त कार्यक्रममार्फत घरघरमा वातावरणमैत्री चुलो पुर्याइएको उहाँले जानकारी दिनुभयो।
सुधारिएको चुलो वडा नम्बर १ मा ५८६, वडा नम्बर २ मा ३७५, वडा नम्बर ३ मा ५८४, वडा नम्बर ४ मा ६३६ र वडा नम्बर ५ मा ६३१ घरधुरीलाई सुधारिएको चुलो बितरण गरिएको हो ।
सुधारिएको चुलो प्रयोगले दाउराको खपत घटाउने, धुवाँ कम गर्ने र घरभित्रको वायु प्रदूषण न्यूनीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ। यसबाट विशेषगरी महिला र बालबालिकाको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने पनि विश्वास गरिएको छ।
गाउँपालिकाले आगामी दिनमा पनि वातावरणमैत्री प्रविधि विस्तार गर्दै दिगो विकास र स्वच्छ वातावरण निर्माणमा जोड दिने जनाएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र ५, बिहीबार २१:५९घिसिङ शरणको सत्य कथामा ‘अधुरो सपना’ सार्वजनिक
समाचार२०८२ चैत्र ५, बिहीबार २०:३७चैत्र १३ गते बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने रास्वपा शीर्ष नेताहरुको निर्णय
समाचार२०८२ चैत्र ५, बिहीबार १९:४४नेत्रावती डबजोङमा २८०० घरधुरीलाई सुधारिएको चुलो
कला, विचार/मनोरञ्जन२०८२ चैत्र ५, बिहीबार १४:५२‘राम नाम सत्य’को ‘हुम्लाको लिमी’ रिलिज, विराज–खुशीको नृत्य आकर्षण







