पोखरामा जुवातास खेल्दै गरेका ११ जना तीन लाख ४६ हजार रूपैयाँसहित पक्राउ

पाेखरा ।
पोखरा महानगरपालिका वडा नं. १७ ड्यामसाईड मा जुवातास खेलिरहेको अवस्थामा ११ जना व्यक्तिहरू पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शनिबार बेलुका करिब साढे सात बजे ड्यामसाईड क्षेत्रमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदाम बाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट नगद रु. ३ लाख ४६ हजार ९ सयल६५ र १० बुक तास बरामद गरेको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी हरी बहादुर बस्नेतले छ ।
पक्राउ परेकाहरूलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकता विरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21098, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १७, आईतवार ०९:४२शिशुवामा युआरएलको शिविर, ६०१ को सित्तैमा जाँच
समाचार२०८३ जेष्ठ १६, शनिबार १६:०८अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार कान्तिपुरका भुपाल गुरुङलाई
समाचार२०८३ जेष्ठ १५, शुक्रबार २१:१५आगामी आर्थिक वर्षको बजेट सार्वजनिक (पूर्णपाठ)
समाचार२०८३ जेष्ठ १४, बिहीबार १६:२७प्रतिभा माविमा नमुना मतदान : क्याप्टेनमा प्राप्ति र भाइस क्याप्टेनमा कुसुम विजयी






