पोखरामा युवती हत्या प्रकरण: दोषीलाई कडा सजायको माग, प्रशासन भन्छ-‘कानुनी कारबाहीमा कुनै कसर बाँकी रहँदैन’

पोखरा ।
कास्कीको पोखरामा एक युवतीको हत्या भएपछि मानवअधिकार तथा महिला अधिकार क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाहरूले दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। यससम्बन्धी ध्यानाकर्षण पत्र शुक्रबार कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मालाई बुझाइएको हो।
चैत २५ गते साँझ करिब ७ बजे पोखराको समाहारचोक नजिक सुजना पौडेल के.सी.को धारिलो हतियार प्रयोग गरी हत्या गरिएको घटनाले सिंगो समाजलाई स्तब्ध बनाएको छ। शान्त तथा पर्यटकीय सहरका रूपमा परिचित पोखरामा यस्ता जघन्य घटना हुनु नागरिक सुरक्षामाथि गम्भीर प्रश्न उठाउने विषय भएको सरोकारवालाहरूको भनाइ छ।
ध्यानाकर्षण पत्रमार्फत संघसंस्थाहरूले मृतकलाई न्याय दिलाउन, घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याई कडा सजाय दिन तथा मृतककी नाबालिका छोरीको पालनपोषण, शिक्षा र सुरक्षाको जिम्मेवारी राज्यले लिनुपर्ने माग गरेका छन्।
यसैबीच, प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले घटनाप्रति प्रशासन पूर्ण रूपमा संवेदनशील रहेको बताएकी छन्। उनले पछिल्लो समय यस्ता जघन्य अपराधका घटना बढ्दो क्रममा रहेको उल्लेख गर्दै यसको जड प्रायः परिवारभित्रकै समस्याबाट सुरु हुने गरेको धारणा व्यक्त गरिन्। उनका अनुसार, परिवारभित्रका विवाद समयमै समाधान नभए त्यसले गम्भीर अपराधको रूप लिन सक्छ।
प्रमुख जिल्ला अधिकारी शर्माले घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न प्रशासनले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरिन्।
मानवअधिकारकर्मीहरूले महिलामाथि हुने हिंसा, बलात्कार र हत्या जस्ता घटनाको न्यूनीकरणका लागि प्रभावकारी कानुन कार्यान्वयन र सुरक्षित सामाजिक वातावरण निर्माणमा राज्य गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।
उक्त ध्यानाकर्षण पत्रमा कास्कीका विभिन्न मानवअधिकार तथा महिला अधिकारसम्बन्धी संघसंस्थाहरूको समर्थन रहेको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21295, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १७, बिहीबार १८:४९प्रेस काउन्सिल नेपालमा स्तनपान कक्ष र महिलामैत्री शौचालय स्थापना
समाचार२०८३ बैशाख १७, बिहीबार ०१:१८पोखरामा तीन दिनसम्म जेसीज सप्ताहन्त, युवाका लागि विभिन्न कार्यक्रम
समाचार२०८३ बैशाख १६, बुधबार १९:२१श्रम कानून तथा श्रमसम्बन्धी अन्तरक्रिया
समाचार२०८३ बैशाख १६, बुधबार १९:०७दशौँ रारा पोखरा स्पोर्ट्स अवार्ड वैशाख ३१ मा, ९ विधामा सम्मान गरिने








