आलु महोत्सवमा बढ्दो सहभागिता

पोखरा। राष्ट्रिय हेमजा आलु महोत्सवमा चहलपहल बढ्दै गएको छ ।शुक्रबारदेखि सुरु महोत्सवको दोस्रो दिन शनिबार आज दर्शक सहभागिता बढेको हो ।
शनिबार विदा परेको र मौसमले समेत साथ दिएसँगै जनसहभागिता बढ्दै गएको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो।
शनिबार मात्रै करिव ८ हजार बढी दर्शकले महोत्सव अवलोकन गर्नुभएको छ ।त्यहाँ आलुको कारोवारदेखि, कृषि स्टल र अन्य स्टलमा पनि उल्लेख्य कारोवार भइरहेको अध्यक्ष श्रेष्ठले सुनाउनुभयो।
महोत्सवमा पुग्ने दर्शक अधिकाशंले कृषि स्टलमा चासो राख्ने गरेको पाइएको छ। किनकी महोत्सव प्रवेशसँगै त्यहाँ कृषि उपज तथा सामाग्रीका स्टलहरु देख्न पाइन्छ।
आलु महोत्सव भएकाले आलुको ज्ञान लिन आउने दर्शक संख्या पनि बाक्लै छ, महोत्सव स्थलमा आलुको प्रजाति तथा अन्य विभिन्न तरकारीका विऊ विजन प्रदर्शनी गरिरहेको कृषि अनुसन्धान निर्देशनालय लुम्लेका प्राविधिक सहायक बालकृष्ण भारतीले बताउनुभयो ।त्यहाँ निर्देशनालयले २५ प्रजातिका आलु तथा ३७ प्रकारका अन्य तयारीका विऊ प्रदर्शनीमा राखेको छ।
महोत्सव अन्तर्गत शनिबार कलाकारहरु शान्तारानी परियार, अनिल चापागाई, करिष्मा विसी, पूजा तामाङ, नेत्र खङ्का, परशुराम अधिकारी, सुनिल गायक, आयुषा खत्री तथा मुना अर्यालले प्रस्तुति राख्नुभयो ।
त्यस्तै महोत्सवमा आइतबार कलाकारहरु बद्री पंगेनी, ममता तामाङ, शान्ता वर्देवा, रोशन विसी, नेत्र खड्का, परशुराम अधिकारी, मुना अर्याल, आयुषा खत्री लगायतले दर्शकलाई मनोरञ्जन दिनुहुने मूल आयोजक समितिका महासचिव विकल थापाले जानकारी दिनुभयो।
महोत्सव अन्तर्गत त्यहाँ आलु तथा तरकारीको प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, वोट विरुवा, परीक्षण तथा रोगको निधान, कृषक र कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम भइरहेका छन्।
त्यस्तै कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारका दैनिक प्रस्तुति लगायत विभिन्न कृषि उपज विउ विजन तथा कृषि यन्त्रको प्रदर्शनी लगायतका गतिविधि पनि संचालित छन्।
महोत्सवमा आलुको परिकारको एउटा स्टल, ३० वटा कृषि स्टल तथा अन्य सय वटा व्यापारीक स्टल रहेका छन् ।त्यहाँ प्रतिकेजी रु.३५ मा आलुको कारोवार हुने गरेको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21298, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १७, बिहीबार १८:४९प्रेस काउन्सिल नेपालमा स्तनपान कक्ष र महिलामैत्री शौचालय स्थापना
समाचार२०८३ बैशाख १७, बिहीबार ०१:१८पोखरामा तीन दिनसम्म जेसीज सप्ताहन्त, युवाका लागि विभिन्न कार्यक्रम
समाचार२०८३ बैशाख १६, बुधबार १९:२१श्रम कानून तथा श्रमसम्बन्धी अन्तरक्रिया
समाचार२०८३ बैशाख १६, बुधबार १९:०७दशौँ रारा पोखरा स्पोर्ट्स अवार्ड वैशाख ३१ मा, ९ विधामा सम्मान गरिने








