राम लामा अविनाशीको ‘क्यार्‍यो कुन्नि तानसेन बजारले’ सार्वजनिक

राम लामा अविनाशीको ‘क्यार्‍यो कुन्नि तानसेन बजारले’ सार्वजनिक

काठमाडौँ। कृष्ण पौडेलको निर्देशनमा बनेको नयाँ गीत ‘क्यार्‍यो कुन्नि तानसेन बजारले’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। राम लामा अविनाशीको शब्द रहेको गीतमा विशाल राई र ममता गुरुङको स्वर सुन्न सकिन्छ। विकास चौधरीको संगीत तथा संजय हमालको एरेन्ज रहेको गीत ए–लेभल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो। गीतको रेकर्डिस्ट अजय अधिकारी रहेका छन् भने मिक्सिङ तथा मास्टरिङ गोविन्द सोनीले गरेका छन्।

रोमान्टिक गीतको भिडियोमा बिना राउत र सुमन दियालीको अभिनय देख्न सकिन्छ। आर.डी. दुलालको छायांकन रहेको भिडियोमा राम गुरुङको कोरियोग्राफी रहेको छ भने ड्रोन सुरेश काफ्लेले खिचेका हुन्।

नवराज कार्कीको प्रोडक्सनमा तयार भिडियोको सम्पादन तथा कलर पनि सुरेश काफ्लेले गरेका हुन्। भिडियो राम लामा अविनाशीको अफिसियल यु ट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  धिरज–मिरुनाको ‘कुस्ती’ असोज ९ मा प्रदर्शन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   10   =  

Protected by Spam Master