विक्रमजंग र शान्तिश्रीको ‘छोटो छोटो जिन्दगी’ मा विक्रम र स्मारिका (भिडियो)

विक्रमजंग र शान्तिश्रीको ‘छोटो छोटो जिन्दगी’ मा विक्रम र स्मारिका (भिडियो)

काठमाडौं । गायक विक्रमजंग थापा र गायिका शान्तिश्री परियार को स्वरमा सजिएको नयाँ गीत ‘छोटो छोटो जिन्दगी लामो सम्झना’ को भिडियो सार्वजनिक गरिएको छ। गीतमा द्रोण अधिकारीको शब्द रचना, करण न्यौपानेको संगीत तथा कृष्ण केसीको एरेन्ज रहेको छ। भिडियोको सम्पादन क्रान्ति केसीले गरेका हुन् भने छायांकन अजय रेग्मीले गरेका छन्।

भिडियोमा विक्रम थापा, स्मारिका ढकाल, एन्जिला खत्री, इन्द्रप्रसाद ढकाल तथा द्रोण अधिकारी को अभिनय रहेको छ। भिडियोमा एक युगल जोडीको माया, प्रेम र बिछोडको कथा प्रस्तुत गरिएको छ। भिडियोको निर्देशन क्रान्ति केसीले गरेका हुन्। गीतको भिडियो भोल्युम अन अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  ‘माउथ पब्लिसिटी’ले अघि बढ्दै चलचित्र ‘मालती मंगले’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   6   =  

Protected by Spam Master