बम बहादुर कार्कीको ‘म हुँ पानी, सबको जिन्दगानी’ मा राजेश र करिश्मा

काठमाडौँ। बम बहादुर कार्कीको नयाँ सन्देशमूलक गीत ‘म हुँ पानी, सबको जिन्दगानी’ सार्वजनिक गरिएको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राजेश हमालले गीतको भिडियो सार्वजनिक गरेका हुन्। कार्यक्रममा करिस्मा मानन्धर, निर्देशक देवेन्द्र पाण्डे, गायिका तथा गोरखा म्युजिककी सञ्चालक शिवा आले कार्की, कलाकार उत्तम केसीलगायतको उपस्थिति रहेको थियो।
‘पानको पात’ जस्ता कालजयी लोकगीतका सर्जक कार्कीले यसपटक पानीको महत्व र संरक्षणको सन्देश बोकेको गीत दर्शकमाझ ल्याएका हुन्। प्रकृति र मानव अस्तित्वको आधार पानीलाई केन्द्रमा राखेर तयार गरिएको गीतले पानी संरक्षणप्रति सचेत हुन आग्रह गर्छ।
म्युजिक भिडियोमा नेपाली चलचित्र क्षेत्रका चर्चित जोडी राजेश हमाल र करिस्मा मानन्धरको रोमान्टिक प्रस्तुति देख्न सकिन्छ। लामो समयपछि एउटै भिडियोमा देखिएको यो जोडीले दर्शकमाझ पुरानो आकर्षण पुनः ताजा गराएको छ। भिडियोमा हमालले पानीको शक्ति र अस्तित्वलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेका छन् भने करिस्माले अभिनय र नृत्यमार्फत प्रकृतिको सौन्दर्य झल्काएकी छन्। भिडियोमा सगुन कार्कीको अभिनय पनि आकर्षक देखिन्छ।
गीतमा शब्द तथा संगीत स्वयं बम बहादुर कार्कीकै रहेको छ। स्वरमा उनलाई शिवा आले कार्की, लोचन भट्टराई र अर्जुन सोनमले साथ दिएका छन्। संगीत संयोजन बि.बि. अनुरागीले गरेका हुन्।
देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोमा हरि हुमागाईँको छायांकन र विकास दाहालको सम्पादन रहेको छ। भिडियोमा नेपालका पहाड, नदी, झरना र प्राकृतिक दृश्यलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ।
कार्यक्रममा बोल्दै राजेश हमालले पानी मानव जीवनको आधार भएकाले यसको संरक्षणमा सबै सचेत हुनुपर्ने बताए। उनले बम बहादुर कार्कीका गीतले नेपाली संगीत क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै ‘पानको पात’ जस्तो गीतले विश्वभर नेपाली लोकसंगीतलाई चिनाएको स्मरण गरे।
त्यसैगरी करिस्मा मानन्धरले गीत र भिडियो उत्कृष्ट बनेको प्रतिक्रिया दिइन् भने बम बहादुर कार्कीले पानी संरक्षणको सन्देश फैलाउने उद्देश्यले गीत तयार गरिएको बताए।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र १, सोमबार ०८:४१देशभर मनसुनी वायुको प्रभाव, मेघगर्जनसहित चट्याङको सम्भावना
समाचार२०८३ भाद्र १, सोमबार ०७:५०गजुरी नजिकै चालिसेमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ३१, आईतवार १२:००प्रदीप खड्काको अन्तर्राष्ट्रिय प्रोजेक्ट ‘टनेल २६’को टिजर सार्वजनिक
समाचार२०८३ श्रावण ३०, शनिबार २०:०२अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान









