‘मास्टर्नी’को ‘गुराँस फुल्दा’ गीत सार्वजनिक

‘मास्टर्नी’को ‘गुराँस फुल्दा’ गीत सार्वजनिक

काठमाडौं । फिल्म ‘मास्टर्नी’को आधिकारिक गीत सार्वजनिक गरिएको छ। केही दिनअघि सार्वजनिक भएको ट्रेलरले सकारात्मक प्रतिक्रिया पाइरहेका बेला निर्माण टिमले फिल्ममा समावेश ‘गुराँस फुल्दा’ बोलको गीत सार्वजनिक गरेको हो।

मेलिना राईको स्वर रहेको गीतमा दयाराम दाहालको शब्द तथा वसन्त सापकोटाको रि–एरेन्ज रहेको छ। फिल्म ‘सुपरस्टार’मा समावेश यो गीतको आधिकारिक रि–भर्सन ‘मास्टर्नी’को निर्माण टिमले सार्वजनिक गरेको हो। सचिन सिंहको मौलिक संगीत रहेको गीतमा साधना सरगमको स्वर थियो।

गीतको भिडियोमा प्रियंका कार्की र वर्षा राउत फिचर्ड छन्। गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोमा पवन सुस्लिङको छायांकन, सम्पादन तथा कलर रहेको छ।

आयंका फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्म क्राइम थ्रिलर तथा फ्यामिली ड्रामा विधामा आधारित छ। फिल्ममा प्रियंका कार्की जोशी, सिम्रन खड्का, दीपकराज गिरी, दीपाश्री निरौला, सन्दीप क्षेत्री, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले र रक्षा थापालगायत कलाकारको अभिनय रहेको छ।

सुवेन्दु घोषको निर्देशनमा बनेको फिल्मलाई प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा निर्माण गरेका हुन्। सुरक्षा सिंह मल्होत्रा र सिमोस सुनुवार कार्यकारी निर्माता छन्।

फिल्मको कथा प्रियंका कार्कीले लेखेकी हुन् भने पटकथा शान बस्नेतले तयार पारेका छन्। संवादमा प्रियंका कार्की र शान बस्नेतको सहकार्य रहेको छ।

युवराज इन्दोरियाको छायांकन तथा राजा सिंह सिदुको सम्पादन रहेको फिल्म भदौ ५ गतेदेखि प्रदर्शनमा आउनेछ। फिल्ममा रोहित शाक्यको संगीत तथा त्रिशाला गुरुङको गायन रहेको छ।

फिल्मको पोस्टर डिजाइन तथा पब्लिसिटी पार्टनर रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) रहेको छ। फिल्मलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  घरेलु हिंसा र नारी संवेदनाको कथा बोकेको ‘अक्षरा’को टिजर रिलिज
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   2   =