आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ, वैशाख ८ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्राप्त भएको छ । नेपाल सरकार स्वास्थ्य आपूर्ति व्यवस्थापन महाशाखाले अस्पताललाई डायलाइसिस सेवा सहज बनाउन मेसिन प्रदान गरेको हो । अस्पताललाई ‘विपन्न नागरिक उपचार सेवा’ कार्यक्रमअन्तर्गत सूचीकृत गर्न पहल भइरहेको आँबुखैरेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा डिबी क्षेत्रीले जानकारी दिए ।
स्वास्थ्य सेवा विभाग नर्सिङ महाशाखाबाट सूचीकृत हुन बाँकी रहेकाले आंशिकरुपमा डायलाइसिस सेवा सञ्चालन गर्दै आएको उनले बताए । उक्त कार्यक्रममा अस्पताल सूचीकृत भएपछि डायलाइसिसका बिरामीले प्रतिउपचार ‘सेसन’मा रु दुई हजार पाँच सय तिर्नुपर्दैन”, उनले भने, “नेपाल सरकारबाट रकम उपलब्ध गराइने हुँदा बिरामीले सहजरुपमा सेवा पाउने छन् ।”
गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले उक्त अस्पताललाई डायलाइसिस सेवा सञ्चालनको स्वीकृति दिएको छ । अस्पतालमा रहेका तीन थान डायलाइसिस मेसिनसहित अब पाँच वटा भएकाले चौबिस जना बिरामीलाई उपचार दिन सकिने डा क्षेत्रीले बताए ।
“हाल चौबिस जना डायलाइसिसका बिरामीले उपचारका लागि निवेदन दिएर पालो पर्खिरहेका छन्”, उनले भने, “विपन्न नागरिक उपचार सेवा’मा अस्पताल सूचीकृत हुने बित्तिकै सेवा दिन सुरु गर्नेछौँ ।” अस्पतालले प्रत्येक सेसनमा प्रतिबिरामी रु दुई हजार पाँच सयका दरले खर्च गर्नसक्ने अवस्था नरहेकाले पूरा सेवा प्रदान गर्न नसकिएको उनले बताए । कोही बिरामी पैसा तिरेर डायलाइसिस गर्न आएको अवस्थामा अस्पतालले सेवा दिँदै आएको छ तर निःशुल्क गर्न सकिएको छैन ।
डायलाइसिस बिरामीको सङ्ख्या बढ्दै गएको अवस्थामा अस्पतालले नर्सिङ कर्मचारी थप गरी नागरिकलाई सेवा दिन सकिने गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । अस्पतालमा डायलाइसिस सेवालाई निःशुल्क प्रदान गर्न गाउँपालिकाले सम्बन्धित निकायसँग आवश्यक पहलकदमी गर्दै आएको उनले बताए । रासस
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
राजनीति२०८२ श्रावण २२, बुधबार २०:३९बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदाप्रति काँग्रेस गण्डकी प्रदेश महिला विभागको ध्यानाकर्षण
समाचार२०८२ श्रावण २२, बुधबार १९:००रुवीभ्यालीमा राष्ट्रिय परिचयपत्र दर्ता शिविर संचालन
स्वास्थ्य/जानकारी टिप्स२०८२ श्रावण २२, बुधबार १७:४९गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन « रिपोर्टर्स नेपाल
समाचार२०८२ श्रावण २२, बुधबार १७:२७वर्षाका कारण देशभरका सात राजमार्ग अवरुद्ध, १३ राजमार्ग एकतर्फी सञ्चालनमा