सिड्नीमा नेपाली फिल्मकर्मी सविनलाई राज्य सरकारले दियो ‘उदीयमान निर्माता’ को उपाधि

सिड्नीमा नेपाली फिल्मकर्मी सविनलाई राज्य सरकारले दियो ‘उदीयमान निर्माता’ को उपाधि

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्य सरकारले नेपाली फिल्म निर्माता सविन ज्ञवालीलाई ‘उदीयमान फिल्मकर्मी’ (Emerging Producer) को रुपमा सम्मानित गरेको छ।

राज्य सरकार अन्तर्गतको स्क्रिन एनएसडब्लु (Screen NSW) द्वारा सञ्चालित ‘इमर्जिङ प्रड्युसर प्लेसमेन्ट प्रोग्राम २०२५’ मा ज्ञवालीसहित अलेक्जेन्डर पेटरस र फ्रान्सिस्का व्रेथवेट नामक दुई अस्ट्रेलियाली फिल्मकर्मीहरू पनि चयन भएका छन्।

यस उपाधिसँगै सविन ज्ञवालीले ३५ हजार अस्ट्रेलियाली डलर पुरस्कार प्राप्त गरेका छन्। न्यू साउथ वेल्सको सांस्कृतिक राजधानी सिड्नीमा क्रियाशील युवा फिल्मकर्मीहरूलाई यो कार्यक्रममार्फत हरेक वर्ष प्रोत्साहन दिइने गरिन्छ।

“यो सम्मानले मलाई अझ ऊर्जा र जिम्मेवारीको अनुभूति दिएको छ,” ज्ञवालीले प्रतिक्रिया दिँदै भने, “अब अझ थप जिम्मेवार भएर फिल्म निर्माणको यात्रामा लाग्नेछु।”

डेढ दशकदेखि सिड्नीमा बसोबास गर्दै आएका ज्ञवाली नेपाली फिल्म ‘दोख’ का निर्माता हुन्। त्यसबाहेक ‘ऋतु’, ‘द ब्रेकअप’, ‘विनर’ र ‘लप्पनछप्पन २’ जस्ता अष्ट्रेलियामा छायांकन भएका नेपाली फिल्महरूमा लाइन प्रोड्युसरको भूमिका निर्वाह गरिसकेका छन्। उनले चिनियाँ, अंग्रेजी र भारतीय फिल्महरूमा समेत योगदान दिएका छन् भने ‘अ लाइन रिटर्न्स’ र ‘राइज’ जस्ता अष्ट्रेलियाली फिल्ममा पनि संलग्न रहिसकेका छन्।

यो उपाधि प्राप्त गरेसँगै, ज्ञवालीले अब स्क्रिन बोर्डसँग सघन रूपमा आवद्ध भएर फिल्म निर्माण, वितरण, निर्देशन र प्रदर्शनीको क्षेत्रमा थप व्यावसायिक अनुभव हासिल गर्ने अवसर पाउनेछन्।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   10   =  

Protected by Spam Master